मुहान विवादले म्याग्दीको सिचाई आयोजना अन्यौलमा « Khabarhub

मुहान विवादले म्याग्दीको सिचाई आयोजना अन्यौलमा


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा मुहान बिवादका कारण सिचाई आयोजना अन्यौलमा परेको छ । एकातर्फ खोलाको पानी बगरेर खेर गइरहेको छ भने अर्कोतर्फ सिचाई नभएर खेतीयोग्य जमिन बाँझो पल्टिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको औला नजिकै बग्ने संसारे खोलाको पानी खेर गइरहेको छ । तर करिब डेढ सय घरधुरी कृषकले सिचाई सुबिधाको अभावमा अधिकांश खेतीयोग्य जमिन बाँझै राख्न बाध्य छन् । बर्खामा आकाशे पानी र मुलको पानीको भरमा धान खेती गर्छन् ।

खेती हुने जमिन पनि हिउँदमा बाँझै हुन्छ । गहुँ, मकै लगाएपनि आकाशबाट पानी नपरे न्युन मात्रामा उत्पादन हुन्छ । मुहान बिवादका कारण सिचाई आयोजना कार्यान्वयन नहुँदा आयोजना कहिले बन्ला भन्ने चिन्ता बढ्न थालेको अन्नपूर्ण गाउँपालिका ७ औलाका किसान दीपक पाइजा गुनासो गर्छन।

औला सिचाई आयोजना निर्माण गर्न खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले गत असार महिनामा भगवति मालिका कन्ट्रक्सनसँगे २०७८ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित ५६ लाख ७१ हजार १४२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । रिमा गाउँका केही स्थानीयले अबरोध गरेका कारण सम्झौता भएको पाँच महिनासम्म पनि सिचाई आयोजना निर्माण सुरु हुन नसकेको हो ।

खोला र आरिदह सुक्ने, खेतमा पाइप गाड्दा भत्किने बाहनामा अबरोध गरेकाहरुले वातावरणीय र जैबिक बिबिधतामा असर नपर्ने गरी कर तिरेर पानी लैजान्छौ भन्दा पनि नदिएको उपभोक्ता समितिका अध्यक्ष कुमबहादुर पुर्जाले गुनासो गरे ।

दुई गाउँका टोल सुधार समितिको सम्झौता अनुसार रिमाको पुछारमा रहेको खोलाकाईको मुहानबाट औलामा पानी ल्याउन आयोजनाको सर्बेक्षण भएको थियो । ५० हेक्टर जमिनमा सिचाई गर्न दुई हजार ४५० मिटर मुख्य पाइपलाईन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । ५ वटा शाखा पाइपलाइन बनाएर सिचाईका लागि पानी बितरण गर्ने योजना कार्यान्वयन गर्न रिमाका बासिन्दालाई सहमतिमा ल्याउन पहल गर्ने अन्नपूर्ण गाउँपालिका ७ का वडाध्यक्ष गमप्रसाद फगामीले बताए ।

चालु आर्थिक वर्षमा यो आयोजनाका लागि प्रदेश सरकारले पचास लाख रुपैयाँ बिनियोजन गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  २ : ०६ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने