राजपरिवारको वरिष्ठ सदस्यबाट पछि हट्ने ह्यारी–मेगनको घोषणा, आत्मनिर्भर हुन काम गर्ने « Khabarhub

राजपरिवारको वरिष्ठ सदस्यबाट पछि हट्ने ह्यारी–मेगनको घोषणा, आत्मनिर्भर हुन काम गर्ने


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– बेलायतकी महारानी एलिजावेथका नाती प्रिन्स ह्यारिले आफू र पत्नी मेगन राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने घोषणा गरेका छन् । र आफूहरुले अब आर्थिक रुपमा स्वतन्त्र बन्नका लागि काम गर्ने बताएका छन् ।

द ड्युक एण्ड डचेज अफ ससेक्सले सिरियर राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा गरेका हुन् ।

राजकुमार ह्यारी र मेगनले एक वक्तव्य जारी गर्दै भनेका छन् कि उनीहरु अब बेलायत र उत्तरी अमेरिकामा आफ्नो सयम बेतित गर्नेछन् ।

शाही जोडीले यो घोषणा भन्दा पहिला शाही परिवारका कोही पनि सदस्यसँग कुनै सल्लाह नगरेको र उनीहरुको फैसलाले शाही परिवजार निराश रहेको बीबीसीले जनाएको छ ।

यो घोषणाले राजपरिवारका वरिष्ठ सदस्यहरु निकै दुखी भएको बीबीसीले उल्लेख गरेको छ ।

बुधबार उनीहरुको इन्स्टाग्राम पेजमा पनि राखिएको वक्तव्य धेरै महिनादेखिको आन्तरिक छलफलपछिको निर्णय रहेको उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘हामी राजपरिवारको शीर्ष सदस्यबाट पछि हट्न चाहन्छौँ र वित्तिय रुपमा स्वतन्त्र हुनका लागि काम गर्न चाहन्छौँ । तर महारानीलाई पूर्ण रुपमा सहयोग र समर्थन गर्ने छौँ ।’

यस्तै बेलायत र उत्तर अमेरिका बसाइको समय व्यवस्थापन गर्ने उल्लेख छ । मेगन अमेरिकी अभिनेत्री हुन् । बेलायत र उत्तर अमेरिकाबिच समय मिलाउनुको उद्देश्य छोरालाई उपयुक्त वातावरणमा हुर्काउनु रहेको उल्लेख गरिएको छ ।

पछिल्लो घोषणाले राजपरिवारमा दरार सिर्जना गरेको र ह्यारी र मेगन एक तर्फ तथा राजपरिवारका अरु सदस्य अर्को तर्फ देखिएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १० : ३८ बजे

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ