पेट्रोलियम बजारमा इरान–अमेरिका तनावको असर : नेपाल कति प्रभावित ? | Khabarhub Khabarhub

पेट्रोलियम बजारमा इरान–अमेरिका तनावको असर : नेपाल कति प्रभावित ?


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरान र अमेरिकाबीचको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्तिमै असर पर्ने आशंका गरिए पनि नेपाली बजारमा भने अहिले नै त्यसको प्रभाव नपर्ने भएको छ ।

मंगलबार मध्यराति इरानले इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेपछि एसियाली बजारमा कच्चा तेलको मूल्य २.५ प्रतिशतले बढेको थियो । अहिले एसियाली बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ६९.९४ अमेरिकी डलर पुगेको छ ।

इरान र अमेरिकाबीचको तनावले तेल आपूर्तिमा नै असर पर्न सक्ने आशंका पछि केही देशले अहिले तेल निर्यातलाई कम गरेर भण्डारणतर्फ ध्यान दिन थालेका खबर पनि आइरहेका छन् ।

तर, नेपालमा भने तत्कालै तेल आपूर्तिमा कुनै असर नपर्ने नेपाल आयल निमगको भनाइ छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले मध्यपूर्वको तनावले केही आशंकाहरु बढाए पनि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा नदेखिने बताए ।

‘मध्यपूर्वको तनावले तेल आपूर्तिमा ने असर पर्छ कि आशंकाहरु उब्जिएका छन् । तर, नेपालसम्म त्यसको प्रत्यक्ष असर देखिँदैन,’ गोइतले भने, ‘कच्चा तेलको आपूर्तिमा केही असर पर्ला पनि । तर, हामीले इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट रिफाइन्ड (प्रशोधित) तेल किन्ने हो । जसले गर्दा हामीलाई मध्यपूर्वमा देखिएको तनावको सिधा असर पर्दैन ।’

मूल्यमा भने फरक पर्न सक्ने

नेपला आयल निगमका प्रवक्ता गोइतका अनुसार तेल आपूर्तिमा कुनै समस्या देखिने अवस्था भए आईसीले नेपाललाई पहिले नै सांकेतिक रुपमा पूर्व जानकारी दिने गर्छ । तर, यसपटक भने आईसीका अधिकारीहरुले तेल आपूर्तिमा कुनै असर नपर्ने आश्वासन दिएका छन् ।

‘आईसीले प्रशोधन गर्ने कूल तेलको हिस्सामध्ये हामीले बढीमा २ प्रतिशत मात्रै किन्ने हो,’ निगमका प्रवक्ता गोइतले खबरहबसँग भने, ‘आईसीले प्रशोधन गर्नेमध्ये हामीले धेरै कम तेल किन्छौं । यसहिसावले हामीलाई धेरै मार पर्ला भन्ने अवस्था छैन ।’

यद्यपि, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा पनि त्यसको केही असर भने देखा पर्न सक्ने प्रवक्ता गोइतको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा या घट्दा हाम्रोमा पनि बढ्ने र घट्ने भइरहन्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । यस्तो मूल्य बढ्ने क्रम जारी रहे यहाँ पनि त्यसको असर देखा पर्न सक्छ,’ गोइत भन्छन्, ‘यद्यपि आईसीले मूल्य बढेको सूची बढाए पछि मात्रै हामीले मूल्य बढाउने हो । मूल्य पनि अहिलेको अहिल्यै बढ्ने होइन ।’

१० दिनलाई पुग्ने तेल मौज्दात

नेपाल आयल निगमसँग हाल ७१ हजार किलोलिटर (७ करोड १० लाख लिटर) तेल भण्डारण गर्ने क्षमता छ ।

यदि कुनै कारण तेलको आपूर्ति रोकिए नेपाल आयल निगमले आफ्नो भण्डारण गृहमा राखेको तेलले १० दिनसम्मको माग धान्ने गर्छ ।

आयल निगमसँग हाल काठमाडौं, अमलेखगञ्ज, विराटनगर, जनकपुर, मैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र दिपालयमा फरक–फरक क्षमताको भण्डारण गृह छन् ।

जसमा हाल पेट्रोल ५ हजार १ सय ८४, डिजेल ४२ हजार ४ सय र हवाई इन्धन ८ हजार ४ सय किलोलिटर भण्डारण गरेर राखिएको हुन्छ ।

भण्डारण क्षमता कम भएपनि पेट्रोलिय पाइपलाइनबाट सिधै डिजेल आपूर्ति भइरहेका कारण समस्या पर्दा पनि त्यति धेरै असहज नहुने प्रवक्ता गोइतको भनाइ छ । गोइतका अनुसार अहिले नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट प्रतिमहिना ६० हजार किलोलिटरका दरले डिजेल आपूर्ति भइरहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  २ : ०४ बजे

ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित

ओटावा– क्यानडाको लिवरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित

धवलागिरिका एक सय पाँच योजना कार्यान्वयनमा

 म्याग्दी– धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ मा १०५ पूर्वाधारसम्बन्धी

टीभी हाउस एलजी शोरूमको वार्षिक उत्सव सम्पन्न

काठमाडौं– टीभी हाउस एलजी शोरूमले वार्षिक उत्सव सम्पन्न गरेको छ ।

महिलालाई रोजगारी दिँदै भूमिकास्थान

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशील जनशक्ति परिचालन

बाह्य अनुदानमा भर नपर्न गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको