प्रदेश सरकारले बाँडेको एम्बुलेन्समा दुर्लभ वन्यजन्तुको तस्करी « Khabarhub

प्रदेश सरकारले बाँडेको एम्बुलेन्समा दुर्लभ वन्यजन्तुको तस्करी


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोकुलेश्वर– सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको (सरकारी) एम्बुलेन्समा लोपोन्मुख बन्यजन्तुको तस्करी हुने गरेको भेटिएको छ ।

दार्चुला प्रहरीले सुदूरपश्चिम प्रदेश सरकारद्वारा वितरित प्रदेश ०१–००१–झ ३४६ नम्बरको एम्बुलेन्समा दुर्लभ वन्यजन्तु चित्तल तस्करी गर्दै गरेको अवस्थामा १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्सका चालक महेश बोहोरा छन् ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा वितरित उक्त एम्बुलेन्स हाल बैतडीको डिलासैनी गाउँपालिकाले सञ्चालन गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चेकजाँचका क्रममा मृत अवस्थामा रहेको चित्तल भेटिएपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरले एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उक्त एम्बुलेन्स कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला फर्किएको थियो । महेन्द्रनगरबाट फर्किने क्रममा एम्बुलेन्सका चालक बोहोराले शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत नेपाली सेनाको अर्जुनी ब्यारेक नजिकबाट चित्तल मारेर एम्बुलेन्समा हालेर ल्याएका थिए ।

केही दिन अगाडि मात्रै मकवानपुर प्रहरीले एउटा सरकारी एम्बुलेन्समा चरेश तस्करी गर्ने ३ जनालाई पक्राउ गरेको थियो ।

मकवानपुर प्रहरीले स्वास्थ्य मन्त्रालयबाट अनुदानमा वितरण गरिएको बा २ झ १७४९ नम्बरको गाँजा तस्करी गर्ने ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  २ : ३१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी