सहुलियत कर्जा दिन एनएमबि बैंकले गर्यो तीन उद्यमी संघसँग सम्झौता « Khabarhub

सहुलियत कर्जा दिन एनएमबि बैंकले गर्यो तीन उद्यमी संघसँग सम्झौता


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंक र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ तथा नेपाल उद्यमशील महिला महासंघ बीच द्धिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी बैंक तथा उद्यम संघका सदस्यहरुको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता संचालन तथा कर्जा सहुलियतको विभिन्न क्षेत्रमा साझेदारी स्थापना गर्ने उदेश्यका साथ गरिएको हो ।

सो समझदारी पत्रमा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल के.सी तथा नेपाल हाते कागज उद्यमी संघका अध्यक्ष नरेन्द्र बहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघका तर्फबाट अध्यक्ष पुर्जा मगर, नेपाल उद्यमशील महिला संघका तर्फबाट अध्यक्ष देविका बुढाथोकीले काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरेका हुन् ।

‘पराम्परागत बैकिङ्ग भन्दा केही पृथक भएर देशको अर्थतन्त्रमा योगदान दिन हामीले आफ्नो स्रोत र साधनको परिचालन गर्दै आएका छौं, साना तथा मझौला कर्जा, कृषि कर्जा, जलश्रोत कर्जा, उद्यमशिल विकास प्रवर्धन गर्न सहुलियतपूर्ण कर्जामा समेत हाम्रो ध्यान केन्द्रीत नै छ ’ एनएमबि बैकका सीईओ के.सीले भने । ‘

आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न हामीले बैकको मुल्य मान्यता तथा दिगो बैकिङ्गको सिद्धान्तमा रहेर काम गर्दै आएका छौँ’ – एनएमबि बैकका अध्यक्ष पवन गोल्याणले भने ।

साथै, नेपाल सरकारको समृद्ध नेपाल बनाउने लक्ष्यलाई साकार पार्न उक्त समझदारी कोशेढुङ्गा सवित हुने उनले दिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ४ : ०८ बजे

मेलुङ गाउँपालिका पुर्णखोप सुनिश्चितता पालिका घोषणा

दोलखा- जिल्लाको मेलुङ गाउँपालिकाले नियमित खोप सुनिश्चितता पालिका घोषणा गरेको

संसद् स्थगनप्रति कांग्रेसको कडा आपत्ति, सुकुम्वासीमाथि बल प्रयोग नगर्न आग्रह

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

एकै पटक धेरै पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान

काठमाडौं– जति टाढा उति देशको माया गाढा । यो उक्ति

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय