शुभकामना फिल्म हल अब डिजिटल प्रविधिमा « Khabarhub

शुभकामना फिल्म हल अब डिजिटल प्रविधिमा


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रविधिको विकास र विस्तारसँगै सिने क्षेत्रमा पनि थुप्रै खालका नयाँ प्रविधिहरू भित्रिएका छन् । हलिउड, बलिउड मात्रै नभएर नेपाली चलचित्रमा पनि डिजिटल प्रविधिले स्थान लिइसकेको छ ।

चलचित्र निर्माणमा देखिएको फेरबदलले प्रदर्शनमा पनि फेरबदल गर्नुपर्ने आवश्यकता भएको छ । त्यसैकारण चलचित्र घरहरू आफूलाई ‘अपग्रेड’ गर्न लागि परेका छन् ।

तीव्र प्रतिस्पर्धा, बजारको माग र दर्शकको चाहानालाई ख्याल गर्दै काभ्रेको बनेपामा रहेको शुभकामना सिनेमा हलले पनि आफूलाई अपग्रेड गर्दै पूर्ण डिजिटल प्रविधिमा सञ्चालन भएको छ ।

निर्माणको लागि करिब ४५ दिन बन्द रहेको सिनेमा हल शुक्रबार, २४ माघदेखि अत्याधुनिक डल्बी डिजिटल साउण्ड, फूल एसी, आरामदायी सिटसहित सञ्चालनमा आएको छ ।

२४ माघदेखि बिहान ८ः३० र ११ः ३० बजे साङ्लो, दिउँसो २ः३० बजे सेल्फी किङ रसाँझ ६ बजे हिन्दी चलचित्र मलङ्ग प्रदर्शन भइरहेका छन् । पुनः सञ्चालनमा आएको अवसरमा सिनेमा हलले विशेष छूटको व्यवस्था गरेको छ । केही समयको लागि टिकटदर १५० रूपैयाँ तोकिएको छ । त्यस्तै बुधबार, बिहीबार तथा हरेक बिहानी सो मा १०० रूपैयाँ मात्र टिकटदर रहेको छ ।

डिजिटल प्रविधिमा गएसँगै शुभकामना हाइ भिजन हलबाट नाम परिवर्तन गरी शुभकामना सिनेमा हल राखिएको छ । गोदाम चोक बनेपामा रहेको हल २०४ सिट क्षमताको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ३१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र