सामाजिक सञ्जालमा जिम लूक भाइरल भएपछि वाक्क भइन् जाह्नवी « Khabarhub

सामाजिक सञ्जालमा जिम लूक भाइरल भएपछि वाक्क भइन् जाह्नवी


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जाह्नवी कपूर आफ्नो सुन्दरताका कारण चर्चामा छिन् । फिल्ममा धेरै नदेखिए पनि उनी सामाजिक सञ्जालका कारण प्राय चर्चामा हुने गर्छिन् ।

हालै एक जिम गरेको भिडियो भाइरल भएपछि जाह्नवी दिक्क भएकी छिन् । उनले आफूलाई दर्शकले यस्ता तस्वीरबाट नभएर फिल्मबाट चिन्नुपर्ने बताउँछिन् ।

‘मेरा धेरै फिल्म रिलिज भएका छैनन्, शूटिङ मात्र गरिरहेकी छु, म चाहन्छु कि दर्शकले मलाई फिल्मबाट चिनून्, जिमका तस्वीरबाट होइन,’ जाह्नवी भन्छिन् ।

जाह्नवीले पापाराजीले आफ्नो तस्वीर खिच्दा पहिले अचम्म लाग्ने गरेको समेत बताइन् । जबसम्म उनका कुनै फिल्म रिलिजसमेत भएका थिएनन्, त्यतिबेला पनि पापाराजीले पिछा गर्दा कसरी छुट्ने भनेर अलमलमा पर्ने गरेको उनले बताइन् ।

‘मलाई त कसरी रिजेक्ट गर्ने भन्ने पनि थाहा थिएन,’ उनले भनिन् ।

फिल्म ‘धडक’ रिलिज हुँदासम्म भने आफूलाई पापाराजी देख्दा सहज लाग्दै गएको बताइन् । नेपालमा पनि जाह्नवीका कैयन् फ्यान छन् । अब उनलाई दर्शकले फिल्म ‘दोस्ताना २’ मा देख्न पाउनेछन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ४१ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का