सामाजिक सञ्जालमा जिम लूक भाइरल भएपछि वाक्क भइन् जाह्नवी « Khabarhub

सामाजिक सञ्जालमा जिम लूक भाइरल भएपछि वाक्क भइन् जाह्नवी


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – जाह्नवी कपूर आफ्नो सुन्दरताका कारण चर्चामा छिन् । फिल्ममा धेरै नदेखिए पनि उनी सामाजिक सञ्जालका कारण प्राय चर्चामा हुने गर्छिन् ।

हालै एक जिम गरेको भिडियो भाइरल भएपछि जाह्नवी दिक्क भएकी छिन् । उनले आफूलाई दर्शकले यस्ता तस्वीरबाट नभएर फिल्मबाट चिन्नुपर्ने बताउँछिन् ।

‘मेरा धेरै फिल्म रिलिज भएका छैनन्, शूटिङ मात्र गरिरहेकी छु, म चाहन्छु कि दर्शकले मलाई फिल्मबाट चिनून्, जिमका तस्वीरबाट होइन,’ जाह्नवी भन्छिन् ।

जाह्नवीले पापाराजीले आफ्नो तस्वीर खिच्दा पहिले अचम्म लाग्ने गरेको समेत बताइन् । जबसम्म उनका कुनै फिल्म रिलिजसमेत भएका थिएनन्, त्यतिबेला पनि पापाराजीले पिछा गर्दा कसरी छुट्ने भनेर अलमलमा पर्ने गरेको उनले बताइन् ।

‘मलाई त कसरी रिजेक्ट गर्ने भन्ने पनि थाहा थिएन,’ उनले भनिन् ।

फिल्म ‘धडक’ रिलिज हुँदासम्म भने आफूलाई पापाराजी देख्दा सहज लाग्दै गएको बताइन् । नेपालमा पनि जाह्नवीका कैयन् फ्यान छन् । अब उनलाई दर्शकले फिल्म ‘दोस्ताना २’ मा देख्न पाउनेछन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ४१ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : देउवाले महामन्त्रीद्वयलाई बोलाए

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती