दाङमा पनि हावाबाट बिजुली निकाल्ने तयारी | Khabarhub Khabarhub

दाङमा पनि हावाबाट बिजुली निकाल्ने तयारी


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङ जिल्लामा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्ने तयारी भइरहेको छ । दाङको गढवा गाउँपालिका–८ कोइलाबास र बङलाचुली गाउँपालिका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि परीक्षण भइरहेको छ ।

गत वर्षदेखि यी दुई स्थानमा टावर स्थापना गरी सम्भाव्यता अध्ययन भइरहेको छ । स्याटेलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाइएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिए ।

‘कुन ठाउँमा कति हावा लाग्छ भनेर नाप्ने यन्त्र नेपालमा त छैन, तर स्याटेलाइटको माध्यमबाट सम्भावित क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ,’ दुलालले भने । ती दुवै स्थानमा टावर निर्माण गर्नुका साथै पङ्खा पनि जडान गरिएको छ । ‘८० मिटर अग्लो टावर र त्यसमा जडान गरिएका पङ्खाले २ वर्षसम्म हावाको गति मापन गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत् उत्पादन शुरु गर्नेछौँ,’ इञ्जिनीयर दुलालले भने ।

गत वर्ष स्थापना भएका टावरमा भएको मापनअनुसार अहिलेसम्म राम्रो नतिजा आइरहेको उनले जानकारी दिए । एक वर्षको मात्रै परीक्षणले नहुने भएकाले अर्को एक वर्ष पनि परीक्षण मात्रै हुने छ । ‘दुई वर्षसम्म यसको तथ्याङ्क निकाल्नु पर्छ, दुई वर्षको नतिजाअनुसार मात्र विद्युत उत्पादन शुरु हुन्छ,’ उनले भने । इञ्जिनीयर दुलालका अनुसार विद्युत् उत्पादनका लागि हावाको गति कम्तीमा ६ मिटर प्रतिसेकेण्ड हुनुपर्छ । अहिले हावाको गति मापन गर्ने काम भइरहेको छ ।

हावाको गति मापन गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन शुरु हुने उनले बताए ।

पहिलो चरणमा रु ६० लाख बराबरको काम भएको उनको भनाइ छ । अहिले देशका २१ ठाउँमा हावाको मापन गर्ने काम भइरहेको छ । यसअघि सात ठाउँमा हावाबाट बिजुली उत्पादन भइसकेको इञ्जिनीयर दुलालको भनाइ छ । उनका अनुसार नवलपरासी, सिन्धुली, मकवानपुर, जुम्ला, सुर्खेत, अछाम र पाँचथरमा हावाबाट बिजुली उत्पादन भइसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ३ : ११ बजे

रोशी किनारमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)

काठमाडौं– गत वर्ष असोजमा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्ग

सर्लाहीको भुवनेश्वरी दुग्ध सहकारीलाई ‘राष्ट्रिय सहकारी पुरस्कार’

काठमाडौँ – यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार भुवनेश्वरी दुग्ध उत्पादन

अम्बिका बस्नेतको टिप्पणी : पैसाको भरमा हुने टिकट वितरणले कांग्रेस कमजोर बन्दैछ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले अनुशासन अभवामा पार्टी कमजोर

मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम पर्व

वीरगञ्ज– मुस्लिम समुदायले पर्सा जिल्लामा पनि मोहर्रम पर्व मनाइरहेका छन् ।

कांग्रेस नेता निधिलाई महासेठले भने- चुनावकै लागि जनतामा भ्रम छर्ने गरी खुरापात नगर्नुस्

जनकपुरधाम– नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र एमाले सचिव