कोरोना संक्रमणको चिन्ता कसरी हटाउने ? (डा रवीन्द्र पाण्डेका २० सुझाव)  | Khabarhub Khabarhub

कोरोना संक्रमणको चिन्ता कसरी हटाउने ? (डा रवीन्द्र पाण्डेका २० सुझाव) 


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनस्वास्थ्य विज्ञ तथा साइकोलोजिस्ट डा. रवीन्द्र पाण्डेले कोरोना भाइरस संक्रमणको चिन्ता हटाउन विभिन्न सुझावहरु प्रदान गरेका छन् ।

उनले अहिले हरेक बर्ग, समुदाय र देशका व्यक्तिहरुले आफूलाई असुरक्षित ठानिरहेको बताउँदै आत्मबल, आत्मविश्वास, सकारात्मक तथा आशाबादी सोंच एबम पूर्व तयारीले कोरोना चिन्तालाई पराजित गर्न सकिने उनको धारणा राखेका छन् ।

अहिले कोरोना संक्रमणले भन्दा कोरोनाको चिन्ताले मान्छेहरु पीडित भइरहेका छन् । समयमै कोरोना चिन्ताको ख्याल नगर्ने हो भने ठूलो संख्यामा मनोरोगी बढ्ने खतरा रहेको छ । त्यसैले कोरोनाको चिन्ता हटाउन केही सुझाव-

१. आफुलाई सक्रिय राख्ने । पहिलेभन्दा धेरै काम गर्ने । संकटको लागि आर्थिक क्षमता बढाउने ।
२. प्रात भ्रमण, ब्यायाम, योग, ध्यान, चिन्तन तथा आफ्नो आस्था अनुसारका धार्मिक / सांस्कृतिक अनुष्ठान गर्ने ।
३. अत्यन्त विश्वासिला संचार माध्यम, चिकित्सक, जनस्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मीका आधिकारिक कुराको मात्र विश्वास गर्ने । मेडिया ब्रेक लिने । अबैज्ञानिक टिप्सको विश्वास नगर्ने ।
४. सामाजिक संजाल प्रयोग जति सकिन्छ, घटाउने ।
५. सहयोगी, आशाबादी तथा सकारात्मक व्यक्तिहरुसंग समय बिताउने ।
६. बालबालिका तथा जेष्ठ नागरिकलाई भरोसा,विश्वास तथा परामर्श दिने ।
७. नियमित औषधि सेवन गर्ने व्यक्तिको मनोबल बढाउनको लागि ३-४ महिनाको औषधि किनेर स्टक राख्ने ।
८. कारणबश कोरोना प्रकोप फैलिएमा वा नाकाबन्दी भएर आपूर्ति समस्या भएमा भोग्नुपर्ने प्रतिकूल अवस्थाको योजना बनाउने । जस्तै ; चामल, दाल, ग्यास, तेल, नुन, पानी जस्ता अत्यावश्यक सामग्री २-३ महिनाको लागि सुगम बनाउने ।
९. सरकार, सरकार मातहतका अंग, स्वास्थ्यकर्मी, अस्पताल, नीजि क्षेत्र, आफन्त तथा छिमेकीहरु एबम अन्तराष्ट्रिय समुदायको विश्वास गर्ने ।
१०. संक्रमित भएमा कहाँ बस्ने, कहाँ उपचार गर्ने लगायतका बिषयको पूर्व योजना बनाउने ।
११. आफुलाई अप्ठ्यारो परेमा सहयोग गर्न सक्ने व्यक्ति तथा समुदायसंग सम्बन्ध थप बलियो बनाउने ।
१२. पोषिलो खाना खाने, पर्याप्त सुत्ने, सफा रहने, जोक गर्ने, रमाइला कार्यक्रम हेर्ने, समाजले हौसला दिने खालका काम गर्ने आदि गरेर शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त रहने ।
१३. मनमा कोरोना सम्बन्धि कुरा खेलिरहेमा आत्मविश्वास बढाउने खालका प्रबचन सुन्ने ( जस्तै : ओशो, रविशंकर, धार्मिक गुरुहरु, मोटिभेसन स्पिकर आदि ), अन्य सिर्जनशील काम गर्ने ।
१४. सहरमा कोरोना संक्रमण तीब्र भएमा गाउँ जाने बिकल्प तयार गर्ने ।
१५. बैदेशिक भ्रमण स्थगित गर्ने, आन्तरिक भ्रमणमा निस्किने । भ्रमणले तरोताजा बनाउँछ । मिल्ने समुहसंग हाइकिंग जाने ।
१६. चिन्ता तथा तनाबलाई लेख्ने । दैनिक डायरी लेख्ने ।
१७. आफ्ना प्रियजनलाई प्रेमिल पत्र, मेल, म्यासेज लेख्ने ।
१८. आफ्नो ब्यबसायमा घाटा भएमा यसलाई अल्पकालीन ठानेर अनुकुल दिनको लागि तयारी गर्ने | नयाँ ब्यबसाय, सेयरमा लगानी जस्ता काम केहि समयलाई स्थगित गर्ने ।
१९. धेरै तनाब र चिन्ता भएमा मनोरोग बिशेषज्ञ, मनोपरामर्शदातासंग सम्पर्क गर्ने । आबश्यक परे थेरापी तथा उपचार सुरु गर्ने ।
२०. अरुको जे ताल आफ्नो पनि त्यहि ताल भन्ने सोंचेर चिन्तालाई न्यूनीकरण गर्ने । जन्म, वृद्धि, क्षय र मरणको प्रक्रियालाई आत्मसात गर्ने ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ९ : ०८ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई