कोरोना भाइरसको प्रकोप : पोर्चुगलका राष्ट्रपतिलाई १४ दिन क्वारेन्टाइनमा राखिने « Khabarhub

कोरोना भाइरसको प्रकोप : पोर्चुगलका राष्ट्रपतिलाई १४ दिन क्वारेन्टाइनमा राखिने


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बन– कोरोना भाइरस प्रकोपको चिन्ता बढिरहेका बेला पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोसालाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।

पोर्चुगिज राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै उनलाई निजि निवासमा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जनाएको हो ।

उक्त विज्ञप्तिमा राष्ट्रपतिले मुलुकको उत्तरी भेगका विद्यार्थीलाई भेटेको र पछि ती विद्यार्थी मध्ये एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि राष्ट्रपतिलाई क्वारेन्टाइनमा राख्नु परेको जनाइएको छ ।

स्वास्थ्य अधिकारीको सल्लाह स्वीकार गर्दै राष्ट्रपतिले क्वारेन्टाइनमा बस्न तयार भएको जनाइएको छ । उनले सबै सार्वजनिक कार्यक्रममा भाग नलिने समेत भएका छन् । यद्यपि उनमा कोरोना भाइरसको कुनै किसिमको लक्षण भने देखिएको छैन ।

त्यहाँ विश्वभर फैलिएको कोरोना भाइरसको ३० जनामा संक्रमण देखा परिसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : ५६ बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि