समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन « Khabarhub

समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सालाई एक पत्र लेख्दै गृह मन्त्रालयले संघीय सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो ।

सांसद यादव बुधबार नेपालसँग सीमा जोडिएको भारतीय क्षेत्रमा पुगेका थिए । उनले त्यहाँ क्वारेन्टाइनमा रहेका नेपालीसँग भेट गरेका थिए ।

क्वारेन्टाइनमा रहेका व्यक्तिलाई भेट्न नपाइने व्यवस्थाविपरित सांसद यादवलाई उनीहरुले भेटेको पाइएपछि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिइएको गृह मन्त्रालयले स्रोतले जानकारी दियो ।

भारतको रक्शौलस्थित क्वारेन्टाइनमा राहात वितरण गर्दै समाजवादी पार्टीका सांसद प्रदीप यादव

‘संक्रामक रोग फैलिन नदिन कुनै व्यक्तिलाई एकान्तबास (क्वारेन्टाइन)मा राखिएको छ भने त्यस्ता व्यक्तिलाई भेट्न पाइँदैन । यो सबैको हकमा लागू हुन्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘माननीयज्यूले (सांसद यादव) सीमापारी गएर त्यहाँ क्वारेन्टाइनमा रहेका नेपालीलाई भेटेको जानकारी हामीले पाएका छौं । त्यसकारण उहाँलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने देखिएको हो । उहाँलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनिसकेका छौं ।’

गृह मन्त्रालयले सांसद यादवसँगै क्वारेन्टाइन क्षेत्रमा गएका र त्यसयता उनको सम्पर्कमा आएका व्यक्तिमाथि पनि निगरानी गरी आवश्यक परे क्वारेन्टाइनमा राख्न पनि जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको छ ।

सांसद यादव बुधबार नेपालसँग सीमा जोडिएको भारतीय शहर रक्सौलको हजारी मल उच्च माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा पुगेका थिए । उक्त ठाउँमा २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्येका १५ जना नेपाली छन् ।

सांसद यादवले क्वारेन्टाइनमा रहेका नेपालीहरुसँग कुराकानी गर्दै उनीहरुलाई मास्क, चिउरा तथा फलफूल समेत वितरण गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ३ : १० बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको