पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४ हजार नाघ्यो, ६४ ले ज्यान गुमाए « Khabarhub

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४ हजार नाघ्यो, ६४ ले ज्यान गुमाए


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा ६४ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ४६३ पुगेको हो ।

सङ्क्रमितमध्ये सबैभन्दा धेरै पन्जाव प्रान्तमा रहेका छन्, त्यहाँ दुई हजार १७१ जना सङ्क्रमित भएको तथ्याङ्क राष्ट्रिय नियन्त्रण केन्द्रको रहेको छ ।

दोस्रो धेरै सङ्क्रमित भएको सिन्ध प्रान्तमा बिहीबारसम्ममा एक हजार १२८ जना सङ्क्रमित भएका छन् भने तेस्रो धेरै सङ्क्रमित भएको खैबर पख्तुन्ख्वामा ५६० जना रहेका छन् ।

त्यसैगरी गिल्गित बाल्टिस्तानमा २१३ जना, बालुचिस्तानमा २१२ जना, इस्लामावादमा १०२ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा २८ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि गरिएको छ । योसहित कुल मृतकको सङ्ख्या ६४ पुगेको छ ।

सङ्क्रमित भएकामध्ये गम्भीर अवस्थामा रहेका ३१ जनाको उच्च सतर्कताका साथ उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार कुल सङ्क्रमितमध्ये ४२ प्रतिशत देशभित्रै एक अर्काबाट सङ्क्रमित भएका हुन भने अरु सङ्क्रमित विदेशबाट आएकाहरूबाट भएका हुन् ।

पाकिस्तानमा अहिलेसम्म ४४ हजार ८९६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७३७ जनाको परीक्षण गरिएको अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ८ : २५ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६