सेती प्रादेशिक अस्पताल कोरोनामुक्त « Khabarhub

सेती प्रादेशिक अस्पताल कोरोनामुक्त


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कोरोना भाइरसबाट सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल कोरोना मुक्त भएको छ । अस्पतालमा उपचाररत थप एक जना शुक्रबार निको भएर अस्पतालबाट डिस्चार्ज भएपछि अस्पताल कोरोना मुक्त भएको हो ।

अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला शुक्रबार निको भई अस्पतालवाट डिस्चार्ज भइन । उनी कोरोना भाइरसबाट मुक्त भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाको ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना सङ्क्रमित बिरामीबाट मुक्त भएको अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा शेरबहादुर कमरले बताए ।

अस्पतालको आइसोलेशनमा पनि कोही शङ्कास्पद बिरामी नरहेको डा कमरले जानकारी दिए । उनको आठ पटकसम्म नमूना परीक्षण गरिएको थियो । ३४ दिन अस्पताल बसेर महिलाले कोरोनालाई जितेकी हुन् ।

सेती अस्पतालमा उपचाररत अन्य चार जना यसअघि नै डिस्चार्ज भइसकेका थिए ।

लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ की महिला यसअघि नै डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ५ : ५८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार