सीमा नाकाबाट प्रवेश गराउने र लुकाउनेलाई कारबाही गरिने « Khabarhub

सीमा नाकाबाट प्रवेश गराउने र लुकाउनेलाई कारबाही गरिने


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भारतसँग सीमा जोडिएका कञ्चनपुर जिल्लाका सबै प्रवेश बिन्दुसहित खुला सिमानाको जुनसुकै स्थानबाट प्रवेश गरउने र लुकाउनेमाथि कारबाही हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश अनुसार सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका व्यक्तिलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारबाही गरिने छ । सीमा क्षेत्रमा यात्रुको आगमनको कार्य आगामी जेठ १८ गतेको मध्यरातसम्म स्थगित गर्ने गरी निरन्तरता दिइने भएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि जेठ ५ गते सोमबार मध्यरातसम्म जिल्लाभर स्वास्थ्य सुरक्षा मापदण्ड पालना र सामाजिक दूरी कायम गरी पशुपन्छी माछा, कखुरा, पालन र नर्सरीबाट बिरुवा उत्पादन तथा दाना उत्पादन, फलफूल तरकारी दूध, दुग्धजन्य पदार्थ उत्पादन, सङ्कलन भण्डारण, एग्रोभेट भेटेनरी औषधि पसलको सञ्चालन, सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था, अस्पताल, नर्सिङहोम, पोलिक्लिनिक ल्याब, सबै प्रकारका खोपलगायत अत्यावश्यक सेवाको सञ्चालन जुनसुकै समयमा पनि गर्न पाइने भएको छ ।

औषधि पसलको सञ्चालन, कृषि सामग्री, पानी, ग्यास, खाद्य सामग्री, पेट्रोलिय पदार्थ बोकेका ढुवानीका साधान, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानी साधन, बढीमा पाँच जना कामदार रहने गरी सवारीसाधन मर्मत गर्ने वर्कसप, इन्टरनेट जडान र मर्मतलगायतका कार्यसमेत गर्न पाइने भएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ६ : ०३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार