सीमा नाकाबाट प्रवेश गराउने र लुकाउनेलाई कारबाही गरिने « Khabarhub

सीमा नाकाबाट प्रवेश गराउने र लुकाउनेलाई कारबाही गरिने


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भारतसँग सीमा जोडिएका कञ्चनपुर जिल्लाका सबै प्रवेश बिन्दुसहित खुला सिमानाको जुनसुकै स्थानबाट प्रवेश गरउने र लुकाउनेमाथि कारबाही हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश अनुसार सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका व्यक्तिलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारबाही गरिने छ । सीमा क्षेत्रमा यात्रुको आगमनको कार्य आगामी जेठ १८ गतेको मध्यरातसम्म स्थगित गर्ने गरी निरन्तरता दिइने भएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि जेठ ५ गते सोमबार मध्यरातसम्म जिल्लाभर स्वास्थ्य सुरक्षा मापदण्ड पालना र सामाजिक दूरी कायम गरी पशुपन्छी माछा, कखुरा, पालन र नर्सरीबाट बिरुवा उत्पादन तथा दाना उत्पादन, फलफूल तरकारी दूध, दुग्धजन्य पदार्थ उत्पादन, सङ्कलन भण्डारण, एग्रोभेट भेटेनरी औषधि पसलको सञ्चालन, सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था, अस्पताल, नर्सिङहोम, पोलिक्लिनिक ल्याब, सबै प्रकारका खोपलगायत अत्यावश्यक सेवाको सञ्चालन जुनसुकै समयमा पनि गर्न पाइने भएको छ ।

औषधि पसलको सञ्चालन, कृषि सामग्री, पानी, ग्यास, खाद्य सामग्री, पेट्रोलिय पदार्थ बोकेका ढुवानीका साधान, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानी साधन, बढीमा पाँच जना कामदार रहने गरी सवारीसाधन मर्मत गर्ने वर्कसप, इन्टरनेट जडान र मर्मतलगायतका कार्यसमेत गर्न पाइने भएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ६ : ०३ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै