रुसमा ६ दिनमा ६३ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित « Khabarhub

रुसमा ६ दिनमा ६३ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  रुसमा ६ दिनमा ६३ हजारभन्दा बढी कोरोना भाइरसले संक्रमित भएका छन् ।

६ दिनयता लगातार दैनिक १० हजार भन्दा बढीमा संक्रमण देखिएको रुसमा शुक्रबार पनि १० हजार ६९९ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि बिहिबार एकै दिन ११ हजार २३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

यो समाचार तयार पार्दासम्म रुसमा कुल संक्रमितको संख्या १ लाख ८७ हजार ८५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या १ हजार ७२३ पुगेको छ ।

संक्रमितमध्ये २६ हजार ६०८ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ५९ हजार ५२८ जनाको उपचार जारी छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ६ : ५३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि