स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन प्रस्थान « Khabarhub

स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन प्रस्थान


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको छ ।

निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्शाका लागि उडेको विमानस्थलले जनाएको छ ।

निजी क्षेत्रका व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज कार्गो चाटर्ड गरेको वायु सेवा निगमका प्रवक्ता अर्चना खड्काले बताइन् ।

चीनका विभिन्न गन्तव्यमा निगमको यो छैटौँ उडान हो । यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले चीनको बेइजिङबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

चीनको राजधानी बेइजिङमा निगमले पहिलोपटक चाटर्ड उडान गरेको थियो । लकडाउनको अवधिमा सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले चीनका विभिन्न शहरमा छ कार्गो उडान गरेको छ ।

त्यस्तै पाँच चाटर्ड उडान गरेको छ । लामो दूरीको अष्ट्रेलियाको सिड्नी र ब्रिश्वेनमा चाटर्ड उडान गर्‍यो भने जापानको नारिता, भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि चाटर्ड उडान गरेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १० : ५९ बजे

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह बसेको संवैधानिक परिषदको

‘प्रतिशोधको भावनाले लोकतन्त्र कमजोर हुन्छ’

विराटनगर– कोशी प्रदेश सरकारले पत्रकारिताका माध्यमबाट सूचना सम्प्रेषणमा योगदान पुर्‍याउने

कीर्तिपुर हत्या प्रकरण : प्रहरीले सार्वजनिक गर्‍यो तीन आरोपी

काठमाडौं– काठमाडौंको कीर्तिपुरमा एक युवकको हत्या प्रकरणमा प्रहरीले तीन जनालाई

वेस्ट ब्यांकमा इजरायली सेनाको गिरफ्तारी अभियान, १७ प्यालेस्टिनी पक्राउ

काठमाडौं– इजरायली सेनाले कब्जामा रहेको वेस्ट ब्यांकका विभिन्न क्षेत्रमा सञ्चालन