तिलोत्तमामा आइसोलेशन सेन्टर तयार « Khabarhub

तिलोत्तमामा आइसोलेशन सेन्टर तयार


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारीअन्तर्गत तिलोत्तमाले शंकरनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर बनाएको हो ।

नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइसोलेशन सेन्टरका रुपमा तयार गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । केन्द्रका लागि एकएक चिकित्सक नर्स नियुक्त गरिएको छ ।

बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा सेन्टर निर्माण गरिएको स्वास्थ्यचौकी इञ्चार्ज केशव भट्टराईले बताए ।

दश शय्याको सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उनले बताए । सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।

केन्द्रमा बिरामीको २४ सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन हुने चिकित्सक संजोग पाठकले जानकारी दिए । नगरपालिकाले आफ्नै स्रोतमा दुई चिकित्सक तथा एक स्टाफ नर्स नियुक्त गरेको छ । दश स्वास्थ्य संस्थामा झण्डै ८० कर्मचारी कार्यरत छन् ।

बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई सेन्टरमा राखेर उपचार गरिने डा पाठकले बताए । उनका अनुसार सेन्टरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, मेट्रोन र कोरोना फोकल पर्सन डा सुदर्शन थापाको सुझावका आधारमा काम भइरहेको छ ।

हालसम्म क्वारेन्टाइनबाट ९९ जनाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले कोरोनाका कारण गरिएको लकडाउनबाट प्रभावित विपन्न वर्गका लागि तेस्रो चरणको राहत वितरण गरिसकेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : २३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार