विश्वभरी कोरोनाका कारण २४ घण्टामा ५४ सयको मृत्यु « Khabarhub

विश्वभरी कोरोनाका कारण २४ घण्टामा ५४ सयको मृत्यु


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ रहेको छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको संख्या ३७ लाख ५९ हजार ९६७ पुगेको छ ।

सोही अवधिमा थप ५४ सयभन्दा बढीको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि डब्लुएचओले जनाएको छ । डब्लुएचओका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ४२९ जनाको मृत्यु भएको हो ।

विश्वभरी अहिलेसम्म कोरोनाका कारण २ लाख ५९ हजार ४७४ जनाको मृत्यु भइसकेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।पछिल्लो विवरणअनुसार सवैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा १३ लाख २२ हजार १६३ जना संक्रमित हुँदा ७८ हजार ६१६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ३७८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

त्यसैगरी दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको जनाएको छ ।

बेलायतमा संक्रमितको संख्या दुई लाख ११ हजार ३६४ रहेको छ । कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका मध्ये इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३०, रुसमा एक हजार ७२३ जनाको मृत्यु भएको छ । धेरै मानवीय क्षति भएकाहरुमा जर्मनी, ब्राजिल, टर्की, इरानलगायतका देश पनि रहेका जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  २ : ५४ बजे

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र

सुदन न यता न उता

काठमाडौं- कोशी प्रदेशमा नेकपा माओवादीको नेताका रुपमा राम्रो प्रभाव बनाएका

मनोज रोज्ने बालेनको निर्णयमा नारायण र भीष्मराजको लिखित असहमति

काठमाडौं- प्रधान न्यायाधीश नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख

नौ महिनामा एक हजार बढीको शल्यक्रिया

ढोरपाटन– धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा विशेषज्ञ सेवा थपिँदै गएपछि बिरामीको