कोरोना संक्रमितको अवस्था सामान्य, ७१ हजार भन्दा धेरैको परीक्षण : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

कोरोना संक्रमितको अवस्था सामान्य, ७१ हजार भन्दा धेरैको परीक्षण : स्वास्थ्य मन्त्रालय


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न अस्पतालमा उपचारत ७८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित लाइभ अपडेत मार्फत विभिन्न अस्पतालमा उपचारत ७८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्थ सामान्य रहेको जानकारी दिएका हुन् ।

नेपालमा १ सय ९ जना कोरोना संक्रमित मध्ये ३१ जना निको भएर घर फर्किएका छन् भने ७५ जना विभिन्न अस्पतालमा आइसोलेसनमा चिकित्सकको निगरानीमा रहेका छन् ।

डा देवकोटाका अनुसार वीरगञ्जमा २७, वीराटनगरमा २०, रुपन्देहीमा ६, नेपालगञ्जमा २४ र भरतपुरमा एकजना गरी ७८ संक्रमितहरु आइसोलेसनमा उपचारत छन् ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर र आरडीटी बिधिबाट ७१ हजार भन्दा धेरैको कोरोना परीक्षण गरिएको छ ।

पीसीआर विधिबाट १६ हजार ३ सय ९ वटा नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५५ हजार ९ सय ३० वटा नमूना परीक्षण भएको उनले जानकारी दिए।  पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४२ वटा परीक्षण आरडीटी विधिबाट भएको छ ।

डा देवकोटाका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ प्रदेश नम्बर ५ मा ३० र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

यो तथ्यांकलाई हेर्दा प्रदेश १ मा सबैभन्दा बढी संक्रमित भेटिएको छ भने । प्रदेश २ र प्रदेश ५ मा पनि संक्रमितको संख्या बढी छ ।

डा देवकोटाका अनुसार कोरोना संक्रमण पुष्टि भएका क्षेत्रहरुमा पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको स्वास्थ्य समूहका टोलीले कोरोना संक्रमित क्षेत्रमा ५ हजार भन्दा बढीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अभियान शुरु गरेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार कोरोना संक्रमति देखिएको प्रदेश २ को रौतहट, बारा र पर्सा जिल्ला र प्रदेश ५ का संक्रमित भेटिएका जिल्लाहरुमा ५हजार ३ सय २० भन्दा बढी व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि टोली खटिएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ५ : ०५ बजे

फलेवास नगर अस्पताल निर्माण सुरु

पर्वत– ‘एक पालिका एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५

‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम

कर्णाली– सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’

सरकार र मेलम्ची सङ्घर्ष समितिबीच भएको सहमति यस्तो छ 

काठमाडौं– मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या तत्कालका लागि समाधान भएको

नेकपाको बृहत् पार्टी समायोजन कार्यक्रम : भीम रावललाई स्वागत गर्दै प्रचण्ड-माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार पूर्व उपप्रधान तथा

जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती

काठमाडौं – जेनजी आन्दोलनपछि सञ्चालनमा आउन नसकेको हयात रिजेन्सी काठमाडौंले