क्वारेन्टाइनमा जुम्ल्याहा शिशुको जन्म « Khabarhub

क्वारेन्टाइनमा जुम्ल्याहा शिशुको जन्म


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । तुलसीपुर – १३ फूलबारी निवासी अनिता यादवले शुक्रबार राति ९ बजे जुम्ल्याहा बालिकालाई जन्म दिएकी हुन् ।

भारतको बलरामपुर माइती गएकी यादवलाई घर फर्किनेक्रममा तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेका बेला व्यथा लागेको थियो । सुत्केरी हुने समय नजिकिएपछि एक्लै पैदल यात्रा गरेर भारतबाट फर्किएकी यादव गत बुधबार घर आएकी थिइन् । उनलाई बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको थियो ।

लकडाउनका कारण सवारी साधन नचलेपछि लामो दूरीको यात्रा पार गरेर यादव तुलसीपुर आएकी थिइन् । “एम्बुलेन्समा आउन पैसा थिएन, घर जान माइतीले दवाव दिएपछि हिँडेरै आएँ”, उनले भनिन्, “खानेकुरा साथमै बोकेर ल्याएकी थिएँ, बाटोमा खानेकुराको समस्या त भएन तर बास बस्न भने समस्या थियो ।”

दुई दिनको लगातारको पैदल यात्रा हिँडेर घर आएकी उनले कसैको घरमा बास माग्दा नदिएको र सडक पेटीमै रात बिताउनुपरेको कटु अनुभव भोग्नुप¥यो । यादव भारतबाट आएको थाहा पाएपछि बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको उपमहानगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख भीमप्रकाश खत्रीले बताए ।

क्वारेन्टाइनमा राखेकै दिन दिउँसोदेखि उनलाई व्यथा लागेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको थियो । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि अहिले तुलसीपुरस्थित तुलसी हस्पिटल प्रालिमा एनआइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सञ्चालक तथा बालरोग विशेषज्ञ डा किशोर खत्रीले बताए ।

डा खत्रीका अनुसार तौल सामान्यभन्दा कम भएकाले एनआइसियु(नवजात अतिसघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । शिशुको तौल २.५ देखि ३.५ केजीसम्म हुनुपर्ने भए पनि ती शिशुको तौल क्रमशः डेढ र एक केजी २५ ग्राम छ । कम तौल भएका शिशुको आन्द्रामा प्वाल पर्ने, श्वासप्रश्वासमा समस्या हुने र चिनी कम हुने भई मृत्युसमेत हुने जोखिम भएकाले एनआइसियुमा राखेर उपचार भइरहेको डा खत्रीको भनाइ छ । उनका अनुसार शरीरमा अक्सिजनको मात्रा कमी भएकाले शिशुको अवस्था गम्भीर छ । आमाको दूध सजिलै चुस्ने नहुँदासम्म एनआइसियुमा राखेर उपचार गर्नुपर्ने डा खत्रीले बताए ।

नवजात शिशु र आमाको उपचारमा लाग्ने खर्च अस्पतालले निःशुल्क उपलब्ध गराएको छ । उपमहानगरपालिकाले खानाको यवस्थापन गरेको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । डा खत्रीका अनुसार उनीहरुको सबै खर्च दैनिक रु १४ हजारभन्दा बढी लाग्ने छ । अहिले सुत्केरीको स्वास्थ्यावस्था सामान्य छ ।

यादवको आजै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यादवको यसअघि गरिएको ¥यापिड डायग्गोष्टिक टेष्टको रिपोर्ट भने नेगेटिभ आएको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ७ : ३६ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर