‘यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प ?’ « Khabarhub

‘यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प ?’


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै प्रतिनिधि सभाको बैठकको सुरूवातमै अवरोध खडा गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठक प्रारम्भ भएलगत्तै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाएपछि सभामुख सापकोटाले विमतिको विषय राख्न ५ मिनेटको समय दिए ।

लगत्तै नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कोरोनाले मृत्यु भएका मानिसको संख्या लुकाएको इंकित गर्दै क्वारेन्टाइन मान्छे मार्ने केन्द्रको रूपमा विकसित भएको टिप्पणी गरे ।

वर्तमान सरकारले कोरोना भाइरस नियन्त्रण पार लगाउन नसक्ने बताउँदै थापाले भने, ‘१० अर्ब खर्च कहाँ भयो अब हामीलाई हिसाब चाहिन्छ,’ उनले भने, ‘५ वटा पीसीआर मेसिन किन्ने र २५ हजार वटा जम्मा किट किनेर १० अर्बको हिसाब किताब देखाउन पर्दैन ?’

महामारीका बेलाको भ्रष्टाचार निर्लज्जताको पराकाष्ठा भएको उनको टिप्पणी छ । क्वारेन्टाइनको गुणस्तरमा प्रश्न उठाउँदै उनले सरकारलाई प्रश्न गरे, ‘१ लाख ६६ हजार मानिस बस्छन् भनेर प्रधानमन्त्री आएर बताउनुहुन्छ, यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो ?’ थापाले प्रश्न राखेपछि कांग्रेसले अवरोध हटाएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १२ : ०२ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर