धर्मशास्त्र : यी हुन् एकाबिहानै ‘ॐ’ उच्चारण गर्दा हुने फाइदा « Khabarhub

धर्मशास्त्र : यी हुन् एकाबिहानै ‘ॐ’ उच्चारण गर्दा हुने फाइदा


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एकाबिहानै उठेर ॐ उच्चारण गर्ने व्यक्तिलाई आनन्दको अनुभव हुन्छ । ॐकारको उच्चारणले स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्‍याउँछ ।

ॐ उच्चारण फाइदाहरूको चर्चा गर्नुअघि यसमा निहीत वर्णहरूको कुरा गरौं । ॐ तीन वर्णबाट बनेको छ र तीनै वर्णको आआफ्नै अर्थ छ । अ को अर्थ उत्पन्न हुनु, उ को अर्थ उठ्नु वा विकास र म को अर्थ मौन अर्थात् ब्रह्मलीन हुनु हो । त्यसैले ॐ आफैंमा सम्पूर्ण ब्रह्माण्डको उत्पत्ति र सृष्टिको द्योतक हो ।

ॐको उच्चारण गर्ने आफ्नै तरिका छ । तपाईं ॐ को उच्चारण अलग अलग योग अवस्थामा गर्न सक्नुहुन्छ :

पद्मासन, अर्धपद्मासन, सुखासन र वज्रासन तथा मालाको प्रयोग गरेर पनि तपाईं ॐकारको उच्चारण गर्न सक्नुहुन्छ ।

ॐ को उच्चारण गर्दा गलामा कम्पन उत्पन्न हुन्छ जसका कारण मेरुदण्डको हाड प्रभावित हुन्छ । दिनभरि काम गर्ने क्षमता यसबाट बढ्छ अनि तपाईं सक्रिय हुनुहुन्छ ।

ॐ उच्चारण गर्दै प्राणायाम गर्दा कमजोर फोक्सो पनि बलियो हुन्छ । दमको रोगीले ॐ जप गर्दा फाइदा पुग्छ ।

निद्रा नलाग्ने समस्या भएका मानिसले ॐ जपेको राम्रो हुन्छ ।

ॐ को उच्चारणले तपाईंको शरीरलाई थकाइ लाग्दैन र स्फुर्ति उत्पन्न हुन्छ । शरीर ऊर्जाशील भएर व्यक्ति दिनभरि सक्रिय हुन्छ । भिटामिनको चक्की खानुभन्दा ॐ उच्चारण गरेको ठीक ।

ॐ उच्चारण गर्दा शरीरको पाचनक्रिया पनि गजबको हुन्छ । मुटु र रक्तप्रवाहलाई पनि यसले राम्रो गर्छ ।

पैसा कमाउने चक्करमा भागदौड गरिरहेका मानिसलाई अनेकथरी तनाव हुन्छ । ॐ जप गर्दा तनाव कम हुन्छ र सोच्ने शक्ति प्राप्त हुन्छ । मन शान्त भयो भने समस्याको समाधान निकाल्न सहज हुन्छ ।

थाइरोइडको समस्या विकराल बन्दै गइरहेको छ । यसका लागि औषधि खानुभन्दा बिहानै उठेर ॐ उच्चारण गर्नुस् । गलामा कम्पन भएर थाइरोइड ग्रन्थिमा सकारात्मक प्रभाव पर्छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ७ : ०९ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश