चारदिनसम्म मुलुकभर बाढी -पहिरो र डुबानको खतरा « Khabarhub

चारदिनसम्म मुलुकभर बाढी -पहिरो र डुबानको खतरा


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबारसम्म वर्षकै धेरै वर्षा हुने चेतावनीपछि ठाउँठाउँमा पूर्वतयारी सुरू गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले ठूलो वर्षापछि बाढी पहिरोको खतरा उच्च हुने भएकाले मुलुकभर सतर्कता अपनाउँदै रेडक्रस लगायतका संस्थालाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार संघीय मन्त्रालय, प्रदेश र स्थानीय सरकार राजनीतिक दल तथा गैरसरकारी संस्था एजेन्सी, विकास साझेदार संस्था तथा निजी क्षेत्रलगायतको समन्वयमा विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारी गरिएको छ ।

मौसमविद्हरूका अनुसार आजदेखि २८ गतेसम्म प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा मनसुन सुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठका अनुसार मनसुन सुरु भएदेखि नै वर्षा भइरहेकाले पानीको सतह माथि आइसकेको छ ।

जुलाई र अगस्टमा मौसम थप सक्रिय हुने र अबको चार दिन अलि बढी पानी पर्ने उनले बताइन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा वर्षा भइरहेको छ ।

यस्तै दिउँसोसम्म प्रदेश १, प्रदेश २ , बागमती प्रदेश  र  गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा  प्रदेश ५  र  सुदूरपश्चिम प्रदेशका  एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारतसँग सीमा जोडिएका नेपालका सीमा क्षेत्रमा न्यून चापीय रेखा नजिकिएकाले आगामी तीन दिन तराईमा व्यापक वर्षाको सम्भावनासमेत रहेको मौसमविद्ले जनाएका छन् ।

कुन कुन क्षेत्रमा छ खतरा ?

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ ।

खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको छ।

उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका कतिपय ठाउँमा डुबानको सम्भावना छ ।

प्राधिकरणले यी चार प्रदेशबाहेक प्रदेश नं ५ तथा कर्णाली, सुदूरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ ।

प्राधिकरणले आफ्नो टोल, बस्ती आसपासमा खोला नदीको बहावबारे जानकारी लिन र समुदायमा जानकारी दिनसमेत अनुरोध गरेको छ ।

नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नम्बर ११४९ चौबिसै घण्टा खुला रहने जनाइएको छ ।

यस्तै प्राधिकरणले मोबाइलमा आउने सन्देशलाई पनि विशेष ध्यान दिन भनेको छ । बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ ।

जलाधार विज्ञ मधुकर उपाध्यायले यो समयमा नसोचेको स्थानमा समेत भेल/पहिरो आउनसक्ने भएकाले सचेत हुन आग्रह गरे ।

पानीको स्रोत व्यवस्थापन नभएको र वर्षाको पानी बग्ने बाटो नष्ट भएकाले जथाभाबि रुपमा क्षति पुर्‍याउन सक्ने हुँदा थप सचेत बन्नुपर्ने उनको सुझाव छ ।

विपद् जोखिम व्यवस्थापन विज्ञ डाक्टर कृष्ण देवकोटाले जमिन गलिसकेको हुँदा थोरै पानीले नै धेरै क्षति पुर्‍याउन सक्ने भएकाले थप जोखिम बढेको बताए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ७ : ३० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन