भुवनको एउटा ‘स्टाटस’ ले निम्त्याएको विवाद « Khabarhub

भुवनको एउटा ‘स्टाटस’ ले निम्त्याएको विवाद


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता भुवन केसीको समय राम्रै चलिरहेको थियो । लकडाउनका कारण फुर्सदिला बनेका उनी फिल्मकै कारण चर्चामा आउने गर्थे ।

उनले फिल्म ‘एन्टीहिरो’ मा खलनायकको चरित्र निभाउने चर्चा थियो । फिल्ममा भुवनका छोरा अनमोल केसीको पनि शीर्ष भूमिका रहने चर्चा थियो ।

राजधानीमा कतै भेटिँदा उनी यही फिल्मका कामले भेटिन्थे । लकडाउनले भने उनलाई घरमै सीमित बनाएको थियो ।

चर्चा सेलाएका बेला भुवन एकाएक मिडियामा छाइरहेका छन् ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले तीन फिल्ममा काम गर्दा नराम्रो व्यवहारको शिकार भएको बताएकी थिइन् । उनले फिल्म ‘ड्रिम्स’ को नाम त लिएकी थिइनन् । तर, भुवनले ती ३ फिल्ममा आफ्नो फिल्म पनि परेको ठानेर अभिव्यक्ति दिए ।

भुवनले सामाजिक सञ्जालमार्फत नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘जुन थालमा खायो त्यही थालमा दुलो पारेको’ टिप्पणी गरे । सामाजिक सञ्जालमा रोइलो गरेको पनि उनले लेखे ।

भुवन केसीलाई विवादमा तान्न भूमिका खेलेको स्टाटस ।

साम्राज्ञीले नाम नभनी संकेत गरेका ३ फिल्म थिए – ड्रिम्स, ए मेरो हजुर २ र इन्टुमिन्टु लण्डनमा ।

साम्राज्ञीले सामाजिक सञ्जालमार्फत ती मेकरसँग पुन काम नगर्ने पनि बताएकी थिइन् । फिल्ममा काम गर्दा मेकरले दुर्व्यवहार गरेको पनि उनले बताएकी थिइन् ।

अरु फिल्मका मेकरले साम्राज्ञीको भनाइमा कुनै अभिव्यक्ति दिएनन् । तर, भुवनले भने साम्राज्ञीलाई कटाक्ष गर्दै स्टाटस लेखे ।

त्यसको बदलामा साम्राज्ञीले सामाजिक सञ्जालबाटै आफू भुवन केसीबाट ‘घिनलाग्दो व्यवहार’ को शिकार भएको बताइन् । उनले भुवनले आफूलाई गाला टाँसेर कुरा गरेको, फिल्म छायांकनका बेला दुर्व्यवहार गरेको आरोप लगाइन् ।

सामाजिक सञ्जालबाट भुवनले साम्राज्ञीलाई साइबर क्राइम गरेको भन्दै उजुरी दिने चेतावनी दिएका थिए। उनले आफ्नो चरित्रहत्या भएको भन्दै चलचित्र निर्माता संघमा सत्यतथ्य छानबिनका लागि भन्दै निवेदन पनि दिए ।

भुवनले अन्तर्वार्तामा आएर पनि आफूले कुनै दुर्व्यवहार नगरेको दोहोर्‍याए । यी सबैलाई नजिकबाट नियालेकी साम्राज्ञीले ‘महिलाको शक्ति’ देखाउँदै भुवनलाई मुद्दा चलाउन सकिने दोहोर्‍याइन् ।

अहिले यो विषय केही साम्य भएको जस्तो देखिएको छ । यद्यपि अन्य कलाकारले पनि नायिकामाथि हुने दुर्व्यवहारका बारेमा एकजुट हुनुपर्ने बताएका छन् । साम्राज्ञीलाई समर्थन गर्दै कतिपय फ्यानले भुवनको विरोध गरेका छन् ।

त्यति मात्र होइन, क्यानडामा बस्दै आएकी युवती स्वेता रेग्मीले पनि भुवनको व्यवहारमाथि प्रश्न उठाउँदै भुवनसँगको च्याट शेयर गरिन् ।

भुवनलाई विवादित बनाएको त्यही एउटा स्टाटस थियो, जुन स्टाटसमा भुवनले साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आरोप लगाएका थिए ।

यद्यपि भुवनमाथिको आरोपले सिङ्गो फिल्म क्षेत्र कसरी चलिरहेको छ भन्ने पनि प्रष्ट पारेको छ । अझ त्यसमाथि पुराना निर्देशक तथा निर्माता युवराज लामा ‘हिरोइन भएर यति त सहनुपर्छ’ भन्दै भुवनको समर्थन गर्नुले पनि यो क्षेत्र किन माथि उठ्न सकिरहेको छैन भन्ने पनि स्पष्ट पार्छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ३ : २१ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८