कोरोना संक्रमित घट्दै, संक्रमणको जोखिम घटेको छैन: स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोना संक्रमित घट्दै, संक्रमणको जोखिम घटेको छैन: स्वास्थ्य मन्त्रालय


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको बताए ।

डा गौतमका अनुसार बिहीबार नेपालमा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनले नेपालमा क्वारेन्टाइन र आइसोलेसनमा बस्नेको संख्या पनि कम हुँदै गएको जानकारी दिए ।

‘नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या आइसोलेसनमा बस्नेको संख्या दिनानुदिन घट्दै गएको छ,’ डा गौतमले भने, ‘जिल्लामा संक्रमितहरुको संख्या पनि शून्य भएको तथ्य पनि हामीसँग छ, कोरोना संक्रमणको लडाइँमा बिस्तारै लड्न सफल हुँदै गएकोमा व्यवस्थापनमा अग्रपङ्ति खटिनुभएका तपाईं बधाई र धन्यवादको पात्र हुनुहुन्छ ।’

डा गौतमका अनुसार आजसम्म देशभर २४ हजार ४२५ जनामा देशभरका क्वारेन्टाइनमा रहेका छन् भने सक्रिय कोरोना संक्रमितहरु ८ हजार ६०५ जना रहेका छन् । यस्तै  ७ हजार ८९१ जना निको भइसकेका छन् ।

डा गौतमले कोरोना संक्रमितको संख्या घट्दै जाँदा जनजीवन समान्य बन्दै गएको पनि बताए ।

संक्रमितको संख्या कम हुँदै गएपछि सतर्कता कम हुँदै गएकोमा स्वास्थ्य मन्त्रालय चिन्तित भएको डा गौतमले बताए । उनले कोरोना संक्रमितको संख्या घट्दै गए पनि कोरोनाको जोखिम अझै कम नभएको बताए ।

‘कोरोना संक्रमण घट्दै जाँदा जनजीवन सामान्यकरण तर्फ जान थालेको छ , जनमानसमा सकर्तकता कम हुदै जान थालेको छ, भीडभाड बढ्दै गएको छ र संवेदनशील ठाउँमा आवतजावत बढ्न थालेको छ, जस्तै स–साना टेम्पो र गाडीहरु सिमाना वारपार गर्नेको संख्या बढ्दै गएकोमा स्वास्थ्य मन्त्रालय चिन्तित छ,’ डा गौतमले भने ।

उनले संक्रमितको संख्या घट्नु, क्वारेन्टाइन र आइसोलेसनमा बस्ने बिरामीको संख्या घट्नु भनेको कोरोना संक्रमणको जोखिम घट्नु नभएको पनि बताए ।

कोरोनाबाट जोगिन समयमै सचेत नभएमा नेपालमा पुनः भयाभह अवस्था आउन सक्ने भन्दै सचेत हुन आग्रह गरे । उनले अगाडि थपे, ‘यदि हामीले सचेतता नअपनाउने हो भने, हामी आफैले पुन: कोरोनाको भयानक स्थिति निम्त्याउन सक्छौं ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ६ : ०६ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति