भगवान् बुद्ध महान् भारतीय नागरिक हुन् : एस जयशंकर « Khabarhub

भगवान् बुद्ध महान् भारतीय नागरिक हुन् : एस जयशंकर


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान गौतम बुद्ध भारतीय नागरिक नै रहेको दाबी गरेका छन्।

शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्दै जयशंकरले गौतम बुद्धलाई ‘महान् भारतीय नागरिक’ भएको दाबी गरेका हुन् ।

‘हामीले भारतीय इतिहासमा सबैभन्दा महान नागरिकका रूपमा स्मरण गर्ने दुईजना छन् । एक गौतम बुद्ध र अर्को महात्मा गान्धी । हामीले मात्रै होइन पूरा विश्वले उहाँहरूलाई महान् भारतीयका रुपमा चिन्छ,’ जयशंकरले भने ।

नेपालको संसदमा विशेष सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ वर्ष पहिले बुद्ध नेपाली रहेको र उनले विश्वमा शान्तिको सन्देश प्रवाह गरेको बताएका थिए।

तर, उनले त्यसपछि अर्थात दुई वर्षअघिको बुद्ध पूर्णिामामा भारत बुद्धको भूमि रहेको बताएका थिए। भारतले गर्दै आएको यस्तो दाबीलाई नेपालले विरोध गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै भएको अभिव्यक्ति दिएपछि भारतले फेरि एक पटक बुद्धबारे दाबी गरेको हो ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ८ : ५६ बजे

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण

गण्डकी– गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै