भगवान् बुद्ध महान् भारतीय नागरिक हुन् : एस जयशंकर « Khabarhub

भगवान् बुद्ध महान् भारतीय नागरिक हुन् : एस जयशंकर


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान गौतम बुद्ध भारतीय नागरिक नै रहेको दाबी गरेका छन्।

शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्दै जयशंकरले गौतम बुद्धलाई ‘महान् भारतीय नागरिक’ भएको दाबी गरेका हुन् ।

‘हामीले भारतीय इतिहासमा सबैभन्दा महान नागरिकका रूपमा स्मरण गर्ने दुईजना छन् । एक गौतम बुद्ध र अर्को महात्मा गान्धी । हामीले मात्रै होइन पूरा विश्वले उहाँहरूलाई महान् भारतीयका रुपमा चिन्छ,’ जयशंकरले भने ।

नेपालको संसदमा विशेष सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ वर्ष पहिले बुद्ध नेपाली रहेको र उनले विश्वमा शान्तिको सन्देश प्रवाह गरेको बताएका थिए।

तर, उनले त्यसपछि अर्थात दुई वर्षअघिको बुद्ध पूर्णिामामा भारत बुद्धको भूमि रहेको बताएका थिए। भारतले गर्दै आएको यस्तो दाबीलाई नेपालले विरोध गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै भएको अभिव्यक्ति दिएपछि भारतले फेरि एक पटक बुद्धबारे दाबी गरेको हो ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ८ : ५६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको