चितुवाको आक्रमणबाट किशाेरीको ज्यान गयो  « Khabarhub

चितुवाको आक्रमणबाट किशाेरीको ज्यान गयो 


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी— चितुवाको आक्रमणबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ ।शिवनाथ गाउँपालिका–४ की माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको हो ।

सोमबार दिउँसो डडल्धुराको भागेश्वर गाउँपालिकाको मर्मागाड जंगलमा घाँस काटिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको र घटनास्थलमै ज्यान गएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए ।

उनका अनुसार शिवनाथ र डडेल्धुरकाको भागेश्वर वारीपारी भएकोले घाँसदाउरा गर्न यताका स्थानीय उतै जाने गरेका छन् । ठूलो जंगल पर्ने भएकोले स्थानीयहरु त्यहाँ जाने गरेका उनले बताए ।

आइतबार पनि त्यही जंगलमा डडल्धुराका १२ वर्षका बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : २१ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार