स्थानीय सरकार गठनपछि स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच बढ्यो « Khabarhub

स्थानीय सरकार गठनपछि स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच बढ्यो


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– स्थानीय सरकार गठनपछि दार्चुलाका सबै क्षेत्रमा नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका सबै स्थानीय तहका बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको हो ।

विगतमा ४१ गाविस हुँदा गाविसस्तरसम्म मात्रै स्वास्थ्य सेवाको पहुँच पुगेकामा अहिले वडा र दुर्गम क्षेत्रका बस्तीसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । संविधानले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारको सुनिश्चितता गरेसँगै दुर्गम बस्तीसम्म स्थानीय सरकारको अगुवाइमा स्वास्थ्य सेवा पहुँच पुगेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताए ।

उनले भने, “पहिले सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो, अहिले नागरिकले आधारभूत सेवा सहजै पाउन थालेका छन् ।”

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा दुईवटा अस्पताल छन् । हरेक स्थानीय तहमा सामुदायिक अस्पताल निर्माणको थालनी भएको छ । स्वास्थ्यचौकी जिल्लाभरि ४० छन् । तीमध्ये व्यासमा पाँच, दुहुँमा चार, नौगाडमा चार, मार्मामा पाँच, मालिकार्जुनमा छ, लेकममा चार र अपिहिमाल गाउँपालिकामा दुईवटा छन् भने महाकाली र शैल्यशिखर नगरपालिकामा समान पाँच/पाँचवटा स्वास्थ्यचौकी छन् ।

यसैगरी नौवटै स्थानीय तहमा सामुदायिक स्वास्थ्य एकाइ २६, शहरी स्वास्थ्य एकाइ चार र आधारभूत स्वास्थ्य केन्द्र १४ वटा स्थापना गरिएको छ भने गाउँघर क्लिनिक १५७, खोप क्लिनिक १४५ रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाभरि २९ वटा निजी स्वास्थ्य क्लिनिक सञ्चालनमा छन् ।

स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै स्थानीय तहले पनि स्वास्थ्य सेवामा नयाँ–नयाँ कार्यक्रम सञ्चालन गरेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । “विगतको तुलनामा नागरिकले स्थानीयस्तरमै स्वास्थ्य सेवाको पहुँच पाएका छन् । स्थानीय तहहरुले पनि नवीनतम कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ”, उनले भने ।

व्यास गाउँपालिकाले विपन्न नागरिक उपचार सहयोग कार्यक्रम ल्याएको छ भने महाकाली नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रम ल्याएको छ । नौगाड गाउँपालिकाले हरेक बस्तीबाट ३० मिनेटको दूरीमा पुगिने गरी स्वास्थ्य स्थापना गरेको छ ।

मार्मा गाउँपालिकाले ‘सफा आमा, स्वच्छ बच्चा’ कार्यक्रम चालु गरेको छ भने अपिहिमाल गाउँपालिकाले गर्भवती र सुत्केरीलाई ‘उपाध्यक्ष कोशेली कार्यक्रम’लाई निरन्तरता दिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम ल्याएको छ भने लेकम गाउँपालिकाले सबै स्वास्थ्य सेवामा ल्याब सेवा विस्तार नीति कार्यान्वयन गरिरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ५१ बजे

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री 

वीरगञ्ज– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौं– इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री,