भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै « Khabarhub

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिसेम्बर ९ का दिन आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक सङ्घसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुला गरिएको थियो । त्यसै वर्षदेखि डिसेम्बर ९ का दिन यो दिवस मनाउने गरिएको हो ।

यस वर्ष भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घद्वारा आफ्ना सदस्य राष्ट्रलाई महासन्धि अनुमोदन गर्न, महासन्धिका प्रावधानबमोजिम राष्ट्रका ऐन–कानून अद्यावधिक गर्न र भ्रष्टाचारविरुद्धको कारवाहीमा अन्तर्राष्ट्रिय समन्वय बढाउन अपिल गरिएको छ ।

हाल सम्पूर्ण विश्व नै कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित भइरहेकाले यथाशीघ्र नियन्त्रण गर्न अपइनाइने विधि र प्रक्रियामा भ्रष्टाचारको सम्भावना न्यून गर्दै सदाचारका प्रयास बढाउन जरुरी भएको अपिलमा जनाइएको छ ।

कोभिड–१९ नियन्त्रण कार्य थप सशक्त र समन्वयात्मक बनाउन, महामारीसम्बन्धी सामग्रीको खरिदमा पूर्ण पारदर्शिता अपनाउन, हुने र भइरहेको कार्यमा पर्याप्त अनुगमन र सुपरीवेक्षण गर्न, सरकारी सूचना एवं विवरणमा नागरिकको सहज पहुँच बढाउन तथा नागरिक अभियानकर्मी र पत्रकारको सुरक्षा गर्न पनि सरकारलाई अपिल गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बताए ।

विगत २५ वर्षदेखि भ्रष्टाचार न्यूनीकरण र सदाचार प्रवद्र्धनका लागि अनवरतरूपमा नागरिकस्तरबाट सक्रिय रहेको टिआई नेपालले यस दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घीय महासन्धिका प्रावधानबमोजिम नेपाली ऐन–कानूनमा आवश्यक सुधार र थप नयाँ कानूनको निर्माणतर्फ यथाशीघ्र आवश्यक कदम चाल्न तथा कोभिड–१९ सम्बन्धी सरकारी काम थप पारदर्शी एवं प्रभावकारी र चुस्त बनाउँदै भ्रष्टाचारको सम्भावना न्यून गर्न सरकारलाई अनुरोध गरेको पनि उनले बताए ।

आम सचेत नागरिकलाई पनि महासन्धि कार्यान्वयन हुने वातावरण बनाउन सरकारलाई दवाब दिन, भ्रष्टाचार रोक्ने मुख्य जिम्मेवारी सरकारको हो भन्ने कुरामा सचेत रहन, भ्रष्टाचार नियन्त्रणमा युवाको संलग्नता बढाउन, शिक्षा र स्वास्थ्यजस्ता अति संवेदनशील क्षेत्रलाई भ्रष्टाचारबाट जोगाउन र भ्रष्टाचारलाई उजागर गर्न पनि टिआई नेपालले अपिल गरेको छ ।

दिवसका अवसरमा भ्रष्टाचारविरुद्ध नागरिक सचेतना बढाउन, भ्रष्टाचार भनेको नियमित प्रक्रिया होइन भन्ने अवधारणा व्यक्ति र समाजमा अभिवृद्धि गर्न र जनचाहनाबमोजिम सुशासन कायम गर्न सरकार थप क्रियाशील रहोस् भनी टिआई नेपाल आग्रहसमेत गरेको छ । यसै अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज बौद्ध स्तूपअघि जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ०८ बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान