अन्तरदेशीय अपराध रोक्न आपसी सहकार्य जरुरी : महानिरीक्षक क्षेत्री « Khabarhub

अन्तरदेशीय अपराध रोक्न आपसी सहकार्य जरुरी : महानिरीक्षक क्षेत्री


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सङ्गठित र बढ्दो अन्तरदेशीय अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने विश्वभरका निकायबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन् ।

मित्रराष्ट्र चीनमा शुरु भएको अन्तरदेशीय अपराध नियन्त्रणका सम्बन्धमा आन्तरिक मामिलामन्त्री र सुरक्षा अधिकारीबीच भएको बैठकलाई भर्चुअल माध्यमबाट आज सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले विज्ञान र प्रविधिको विकाससँगै भित्रिएका नवीन सुरक्षा चुनौतीको सफलतापूर्वक समाधान गर्न पनि सहकार्य जरुरी हुने धारणा व्यक्त गरे ।

विद्युतीय अपराध, अन्तर्राष्ट्रिय सङ्गठित अपराध, सीमा, मानव बेचबिखन, आर्थिक, लागुऔषध ओसारपसारजस्ता अपराधको नियन्त्रण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

अपराध नियन्त्रणको क्षेत्रमा विद्यमान ऐन कानूनको अधिनमा रही सूचनाको आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले साझेदारी स्थापनाका लागि हातेमालो गरी अघि बढ्न नेपाल प्रहरी सदैव तयार रहेको बताए ।

बिहीबार सम्पन्न हुने उक्त फोरममा ३० भन्दा बढी राष्ट्रका आन्तरिक मामिलामन्त्री, प्रहरी प्रमुख र प्रतिनिधिले सुरक्षा साझेदारी र सहयोगका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : १६ बजे

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१