अज्ञात समूहद्वारा चार लाख रुपैयाँ लुटपाट « Khabarhub

अज्ञात समूहद्वारा चार लाख रुपैयाँ लुटपाट


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट एक जनासँग रु चार लाख रुपैयाँ लुटपाट गरेका छन् ।

लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका– २३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएकाहरुले हतियार देखाएर रकम लुटेको बताइएको छ ।

“रकम झिकेर साइकलमा घर फर्किदै थिए”, उनले भने, “लहान–ठाडी सडकअन्तर्गत भगवानपुरस्थित स्मार्टफोनको टावर नजिकै मास्क लगाएर बसेका अपरिचित दुई जनाको समूहले पेस्तोल देखाएर मसँग भएको सबै रकम लुटेर लग्यो ।”

अलिकति पनि हल्ला गरिए ज्यान मार्ने धम्की दिएकोसमेत पीडित यादवको दुखेसो छ ।

इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक सुवास खतिवडाले रकम लुटिएको थाहा पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान गरिएको जानकारी दिए ।

पीडितको प्रारम्भिक बयानबमोजिम जनउत्थान सहकारीमा समेत गएर बुझ्दा रकम झिकेको पुष्टि भएको उल्लेख गर्दै उनले सहकारी सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान गरिने बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ९ : १३ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक