लैङ्गिक हिंसा रोक्न कानून कार्यान्वयन आवश्यक : मन्त्री तुम्बाहाङ्फे « Khabarhub

लैङ्गिक हिंसा रोक्न कानून कार्यान्वयन आवश्यक : मन्त्री तुम्बाहाङ्फे


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले लैङ्गिक हिंसा निवारणका लागि विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएकी छिन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा मन्त्री तुम्बाहाङ्फेले प्रदेशका सामाजिक विकासमन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष, प्रदेशका उपसभामुख, स्थानीय तहका उपप्रमुख तथा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकारीसँग भर्चुअलरुपमा छलफल गरी उक्त निर्देशन दिएकी हुन् ।

मन्त्री तुम्बाहाङ्फेले स्थानीय तहका न्यायिक समितिले जबर्जस्ती करणीलगायतका मुद्दामा पनि हात हालेको बताउँदै त्यसो गर्न नमिल्ने स्मरणसमेत गराइन ।

मन्त्रालयका सचिव ऋषि राजभण्डारीले महिलाविरुद्धका हिंसा न्यूनीकरण गरी मुलुकलाई लैङ्गिकमैत्री बनाउनुपर्ने र त्यसका लागि सबैले आआफ्नो क्षेत्रबाट क्रियाशील भएर काम गर्न आग्रह गरे ।

प्रदेशका सामाजिक विकासमन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष, प्रदेशका उपसभामुख, स्थानीय तहका उपप्रमुख तथा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकारीहरुले कानून प्रयोग गर्दा भएका चुनौतीबारे अनुभव राख्दै कानून कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहेको भनाइ राखेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ९ : २९ बजे

‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडग राज पौडेल (गनेस)ले

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ