देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु « Khabarhub

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन, रामेछाप, रौतहट, ताप्लेजुङ, धनुषा र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

रौतहट, कटहरिया नगरपालिका-९ डुमरियास्थित सडकमा बिहीबार बेलुका ना.१ त ४१४० नम्बरको ट्याक्टरले किचेर हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी रौतहट, माधवनारायण नगरपालिका-३ स्थित सडकमा ना.५ त ९२६७ नम्बरको ट्याक्टरले ना.४८ प ५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई बिहीबार साँझ भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही नगरपालिका-६ माधोपुरब बस्ने ४० वर्षीय राम अधार ठाकुरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तराई हस्पिटल सुकदेवचोक हुँदै तराई हस्पिटल बीरगंजमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २२ वर्षीय सुसिल ठाकुरको तराई हस्पिटल सुकदेवचोकमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, राप्ती नगरपालिका-६ हर्दीस्थित सडकमा ना.७ ख ४६६० नम्बरको ट्याङ्रले प्रदेश नम्बर-३-०२-००५ प ४३४७ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा भिमसेन गाउँपालिका-४ बस्ने ३५ वर्षीय ईन्द्र तामाङ र मोटरसाइकलमा सवार सोही स्थान बस्ने २४ वर्षीय सुगम तामाङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुवै सवारी साधन र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रामेछाप, दोरम्बा गाउँपालिका-३ टोकरपुरस्थित सडकमा बिहीबार दिउँसो बा.२ क ९००९ नम्बरको गाडीको ठक्करबाट सोही स्थान बस्ने अशोक कडेलकी ६ वर्षीया छोरी प्रतिमा कडेलको घटनास्थलमै मृत्यु भएको छ ।

हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ खोक्लिङ थापागाँउस्थित सडकमा मे.१ च ६६०६ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा जीपमा सवार सोही स्थान बस्ने ३५ वर्षीय पबित्रा थापाको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषा, मिथिला नगरपालिका-५ श्रीपुरस्थित औरही खोलाको बगरमा ना.७ ख ६४१३ नम्बरको टिपरले बिहीबार दिउँसो सोही ठाउँ बस्ने २४ वर्षीय दिलिप कुमार महतो भन्ने ओमप्रकाश महतोलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । टिपर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मकवानपुर, भिमफेदी गाउँपालिका-९ अगोरस्थित हेटौंडा-भैसे-पालुङ सडकखण्डमा बा.१ य १२८३ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर शुक्रवार बिहान दुर्घटना हुँदा कारमा सवार भारतीय नागरिक ४५ वर्षीय सन्तोष सल्वा कुमारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जना भारतीय नागरिकको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  २ : ०० बजे

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा