थ्रीबाई थ्री बेष्ट बास्केटबल प्रतियोगिता पुस २९ गतेदेखि शुरु हुने « Khabarhub

थ्रीबाई थ्री बेष्ट बास्केटबल प्रतियोगिता पुस २९ गतेदेखि शुरु हुने


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –थ्रीबाई थ्री बेष्ट बास्केटबल प्रतियोगिता आउँदो मंगलबारबाट शुरु हुने भएको छ ।

शुक्रबार आयोजक नेपाल बास्केटबल लिग (एनबीएल) र प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पीडिसिएन) ले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो ।

पुस २९ गते शुरु हुने प्रतियोगिता पोखरा, बुटबल र धनगढीमा गरि तीन शहरमा आयोजना हुनेछ ।

लिगका खेल पोखरामा २९ र ३० गते हुनेछ । आयोजकले पोखरामा २० टोलको सहभागीता रहने जनाएको छ । यस्तै बुटबलमा १४ टिमको सहभागीता रहनेछ । खेल बुटबलमा माघ ४ गते हुनेछ भने धनगढीमा माघ ६ गते हुने जानकारी दिइएको छ ।

पोखरा, बुटबल र धनगढीका शीर्ष २ टोलीले धनगढीमा हुने फाइनल खेल खेल्नेछन् । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  २ : २० बजे

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

टोकियो- पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे