सञ्चारमन्त्री बाँस्कोटा र स्वास्थ्यमन्त्री ढकाललाई थप मन्त्रालयको जिम्मेवारी « Khabarhub

सञ्चारमन्त्री बाँस्कोटा र स्वास्थ्यमन्त्री ढकाललाई थप मन्त्रालयको जिम्मेवारी


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई थप मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

सञ्चारमन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्री ढकालले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको थप जिम्मेवारी दिइएको हो ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी हेर्ने गरी तोकेकी हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम ढकाल र बास्कोटालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । पुस ८ गते समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि यी दुई मन्त्रालय प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ७ : ३३ बजे

देउवालाई लिन गगन-विश्व विमानस्थल नपुगेको भन्दै रिसाए दुजाङ

काठमाडौं– नेपाल विद्यार्थी संघका नेता दुवाङ शेर्पाले कांग्रेस गगनकुमार थापा

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले