नेपालको बसाइँ भारत र पाकिस्तानको भन्दा महँगो, विश्वकै महँगो मुलुकमा स्विट्जरल्यान्ड « Khabarhub

नेपालको बसाइँ भारत र पाकिस्तानको भन्दा महँगो, विश्वकै महँगो मुलुकमा स्विट्जरल्यान्ड


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बस्नका लागि नेपाल दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानभन्दा पनि महँगो रहेको पाइएको छ ।

सीईओ वर्ल्ड बिजनेस म्यागेजिनका अनुसार विश्वकै महँगो देशमा नेपाल १ सय २२ औं स्थानमा परेको हो । नेपाल भन्दा बस्नका लागि कम लागत लाग्ने मुलुकमा भारत भारत १ सय ३०औं र पाकिस्तान १ सय ३२औं मा परेका छन् ।

त्यस्तै श्रीलंका १ सय १२औं महँगो मुलुक भएको छ।

विश्वकै महँगो मुलुकमा स्विट्जरल्यान्ड परेको छ। दोस्रो स्थानमा नर्वे र तेस्रोमा आइसल्यान्ड छन् ।

किराना, लत्ता कपडा र ट्याक्सीको भाडालगायतका विभिन्न वस्तुको मूल्यका आधारमा पहाडी मुलुक स्विट्जरल्यान्ड विश्वकै महँगोमा परेको हो। दोस्रो स्थानमा नर्वे र तेस्रोमा आइसल्यान्ड रहेका छन् ।

शीर्ष महँगा १० मुलुकको सूचीमा डेनमार्क लक्जेम्बर्ग, जापान, बहमास, इजरायल, सिंगापुर र दक्षिण कोरिया परेका छन् । अमेरिका विश्वकै २० औं महँगो मुलुक भएको छ ।

बेलायत २७ औं स्थानमा रहेको छ। विज्ञहरूले आवास, पोसाक, ट्याक्सीको भाडा, युटिलिटी, इन्टरनेट, किराना सामग्रीको मूल्य, यातायात र बाहिर खाने लगायतका विभिन्न आधारमा महँगो मुलुकको सूची तयार पारेका हुन् ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ७ : ३९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी