नेपालको बसाइँ भारत र पाकिस्तानको भन्दा महँगो, विश्वकै महँगो मुलुकमा स्विट्जरल्यान्ड « Khabarhub

नेपालको बसाइँ भारत र पाकिस्तानको भन्दा महँगो, विश्वकै महँगो मुलुकमा स्विट्जरल्यान्ड


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बस्नका लागि नेपाल दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानभन्दा पनि महँगो रहेको पाइएको छ ।

सीईओ वर्ल्ड बिजनेस म्यागेजिनका अनुसार विश्वकै महँगो देशमा नेपाल १ सय २२ औं स्थानमा परेको हो । नेपाल भन्दा बस्नका लागि कम लागत लाग्ने मुलुकमा भारत भारत १ सय ३०औं र पाकिस्तान १ सय ३२औं मा परेका छन् ।

त्यस्तै श्रीलंका १ सय १२औं महँगो मुलुक भएको छ।

विश्वकै महँगो मुलुकमा स्विट्जरल्यान्ड परेको छ। दोस्रो स्थानमा नर्वे र तेस्रोमा आइसल्यान्ड छन् ।

किराना, लत्ता कपडा र ट्याक्सीको भाडालगायतका विभिन्न वस्तुको मूल्यका आधारमा पहाडी मुलुक स्विट्जरल्यान्ड विश्वकै महँगोमा परेको हो। दोस्रो स्थानमा नर्वे र तेस्रोमा आइसल्यान्ड रहेका छन् ।

शीर्ष महँगा १० मुलुकको सूचीमा डेनमार्क लक्जेम्बर्ग, जापान, बहमास, इजरायल, सिंगापुर र दक्षिण कोरिया परेका छन् । अमेरिका विश्वकै २० औं महँगो मुलुक भएको छ ।

बेलायत २७ औं स्थानमा रहेको छ। विज्ञहरूले आवास, पोसाक, ट्याक्सीको भाडा, युटिलिटी, इन्टरनेट, किराना सामग्रीको मूल्य, यातायात र बाहिर खाने लगायतका विभिन्न आधारमा महँगो मुलुकको सूची तयार पारेका हुन् ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ७ : ३९ बजे

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित

काठमाडौं- सामाजिक अभियान्ता सोनम वाङचुकले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं– २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?

नयाँ दिल्ली– भारतीय ​शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लिएर कक्रोच