शेखर कोइरालाको प्रश्नः चीनबाट नेपालीको उद्दार गर्न सरकार किन संवेदनशील नबनेको ? « Khabarhub

शेखर कोइरालाको प्रश्नः चीनबाट नेपालीको उद्दार गर्न सरकार किन संवेदनशील नबनेको ?


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोरोना प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित रहेको हुवेइमा हप्तौंदेखि १ सय ८१ जना नेपालीहरु कोठामा निसासिन बाध्य रहेको उल्लेख गर्दै नेता कोइरालाले सरकारले घर फकाउने व्यवस्था गर्न नसकेकोप्रति आपत्ति जनाएका छन् ।

नेता कोइरालाले सरकार आफ्ना नागरिकप्रति संवेदनशील नभएको भन्दै सरकारको राज्य भएको अनुभूति समेत गराउन नसकेको जनाएका छन् ।

कोइरालाले भनेका छन्, ‘चीनको हुपै (हुवेइ) प्रान्तमा रहेका १८१ नेपाली संक्रमणको त्रासले हप्तौंदेखि कोठाभित्र निसासिन बाध्य छन् । कोरोना भाइरसबाट जोगिन संघर्षरत उनीहरुले घर फर्कन सरकार गुहारेको समाचार आइरहेका छन् । परिवारको ब्याकुलता उस्तै छ । किन सरकार संवेदनशील नभएको ? मानवता खोई ? फर्काउन ढिलाई नगरौं । राज्यको अनुभुति गराऔं ।’

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ११ : २८ बजे

न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र पोर्चुगल

विद्यार्थी आन्दोलनबीच भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँदिल्ली– भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थी आन्दोलनबीच पदबाट राजीनामा दिएका

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम– मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२-८३

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ