गम्भीर अवस्थामा फेला परेकी पूर्व सचिव कार्कीकी पत्नीको उपचारका क्रममा मृत्यु « Khabarhub

गम्भीर अवस्थामा फेला परेकी पूर्व सचिव कार्कीकी पत्नीको उपचारका क्रममा मृत्यु


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरमै गम्भीर घाइते अवस्थामा फेला परेकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारका क्रममा मृत्यु भएको छ ।

नेपाल सरकारका सेवा निवृत्त सचिव कार्कीकी श्रीमती मुना सोमबार बिहान सानेपास्थित आफ्नै निवासमा गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।

आक्रमणबाट रकताम्य अवस्थामा फेला परेकी कार्कीलाई उपचारका लागि ललितपुरको स्टार अस्पतालमा लगिए पनि उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।

सोमबार बिहान पूजाका लागि पशुपतिनाथको मन्दिर गएका पूर्व सचिव अर्जुन कार्कीले घर पुग्दा श्रीमती मुनालाई रकताम्य अवस्थामा फेला परेका थिए । घरमा काम गर्ने दाङ स्थायी घर भएका विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए ।

श्रीमतीलाई रकताम्य अवस्थामा देखेपछि बेहोस भएका अर्जुनको अवस्था देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले कामदार चौधरीको झुन्डिएको अवस्थामा शव फेला पारेको थियो ।

ललितपुर प्रहरीले मुनाको पनि मृत्यु भइसकेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीलाई बोलाएको थियो । तर, चिकित्सकसहित पुगेको महाशाखाको टोलीले मुना गम्भीर घाइते भएको, तर मृत्यु नै नभएको भनेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

तर, अस्पताल लगिएको केही समयमै चिकित्सकहरुले मुनाको मृत्यु भइसकेको जनाएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  २ : ३४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी