गम्भीर अवस्थामा फेला परेकी पूर्व सचिव कार्कीकी पत्नीको उपचारका क्रममा मृत्यु « Khabarhub

गम्भीर अवस्थामा फेला परेकी पूर्व सचिव कार्कीकी पत्नीको उपचारका क्रममा मृत्यु


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरमै गम्भीर घाइते अवस्थामा फेला परेकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारका क्रममा मृत्यु भएको छ ।

नेपाल सरकारका सेवा निवृत्त सचिव कार्कीकी श्रीमती मुना सोमबार बिहान सानेपास्थित आफ्नै निवासमा गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।

आक्रमणबाट रकताम्य अवस्थामा फेला परेकी कार्कीलाई उपचारका लागि ललितपुरको स्टार अस्पतालमा लगिए पनि उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।

सोमबार बिहान पूजाका लागि पशुपतिनाथको मन्दिर गएका पूर्व सचिव अर्जुन कार्कीले घर पुग्दा श्रीमती मुनालाई रकताम्य अवस्थामा फेला परेका थिए । घरमा काम गर्ने दाङ स्थायी घर भएका विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए ।

श्रीमतीलाई रकताम्य अवस्थामा देखेपछि बेहोस भएका अर्जुनको अवस्था देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले कामदार चौधरीको झुन्डिएको अवस्थामा शव फेला पारेको थियो ।

ललितपुर प्रहरीले मुनाको पनि मृत्यु भइसकेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीलाई बोलाएको थियो । तर, चिकित्सकसहित पुगेको महाशाखाको टोलीले मुना गम्भीर घाइते भएको, तर मृत्यु नै नभएको भनेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

तर, अस्पताल लगिएको केही समयमै चिकित्सकहरुले मुनाको मृत्यु भइसकेको जनाएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  २ : ३४ बजे

तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा

पूर्ण खोप अभियान सुरु : १५ महिनासम्मका बालबालिकालाई १३ रोगविरुद्ध निःशुल्क खोप

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व खोप सप्ताहको अवसर पारेर

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि

मेलुङ गाउँपालिका पुर्णखोप सुनिश्चितता पालिका घोषणा

दोलखा- जिल्लाको मेलुङ गाउँपालिकाले नियमित खोप सुनिश्चितता पालिका घोषणा गरेको

संसद् स्थगनप्रति कांग्रेसको कडा आपत्ति, सुकुम्वासीमाथि बल प्रयोग नगर्न आग्रह

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक