अल्जेरियामा आत्मघाती आक्रमण « Khabarhub

अल्जेरियामा आत्मघाती आक्रमण


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जिर्स– अल्जेरियाको दक्षिणी क्षेत्रमा आत्मघाती कार बम आक्रमण हुँदा १ सैनिक मारिएका छन् । मालीको सीमानजिक दक्षिणी अल्जेरियाको टिमिऔन क्षेत्रमा अल टेरेन भेइकल एटिभी चढी आएको आत्मघातीले आक्रमण गराएको अल्जेरियन अधिकारीले जनाएका छन् ।
हमलाकारी एटिभी चढेर सैनिक ब्यारेक भित्र प्रवेश गर्न खोजेको तर ब्यारेकको सुरक्षाका लागि बसेका गार्डले गाडी रोकेपछि आत्मघाती आक्रमण गराएको थियो । आक्रमणमा ब्यारेकको सुरक्षाका लागि बसेका सैनिक मारिएका हुन् ।

आक्रमणकारीको पहिचान हुन नसकेको बताइएको छ । त्यस्तै, आक्रमणको जिम्मा पनि हालसम्म कुनै समूहले लिइसकेको छैन । अल्जेरियामा केही समय बिराएर आत्मघाती बम आक्रमण हुँदै आएका छन् ।

पछिल्लो पटक अघिल्लो वर्षको अगष्ट महिनामा अल्जेरियाको जनराष्ट्रिय सेनालाई लक्षित गरी आत्मघाती बम आक्रमण भएको थियो । उक्त आक्रमणको जिम्मा आतंककारी संगठन इस्लामिक स्टेटले लिएको थियो ।

विशाल साहारा मरुभूमि रहेको अल्जेरियाको दक्षिणी क्षेत्रमा अल कायदा र इस्लामिक स्टेटसहित धेरै आतंककारी र लडाकु समूह सक्रिय छन् ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ३ : ५० बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने