अध्यक्ष प्रचण्डद्वारा नवनिर्मित विद्यालयको भवन उद्घाटन « Khabarhub

अध्यक्ष प्रचण्डद्वारा नवनिर्मित विद्यालयको भवन उद्घाटन


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत सरकारद्वारा निर्मित नुवाकोटको एक सामुदायिक विद्यालयको भवन उद्घाटन गरेका छन् ।

उनले किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको भवन सोमवार उद्घाटन गरेका हुन् ।

नयाँ संरचनाको भवनमा तीनवटा ब्लकहरु निर्माण भएको छ भने यस विद्यालयको तीनतले शैक्षिक भवनमा ६ वटा कक्षाकोठा रहेका छन् । दुई तले शैक्षिक भवनमा चारवटा कक्षाकोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ ।

शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनको पनि उपस्थित थियो । दूतावासको तर्फबाट दूतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव सुचिता किशोरको पनि उपस्थिति थियो ।

नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त ऐँसेलुभूमे माध्यमिक विद्यालय सन् १९९० (वि.सं. २०४६ साल) मा स्थापना भएको हो । हाल यस विद्यालयले करिब ६३७ विद्यार्थीहरु छन् ।

भारत सरकारको नेरु ३९.५७ मिलियन अनुदान सहयोगमा निर्मित साे नयाँ संरचनामा तीनवटा ब्लकहरु रहेका छन् ।

यस विद्यालयको तीन तले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेका छन् भने दुई तले शैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ५ : ०८ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट