कोरोना भाइरसबाट जोगिने नाममा अन्धविश्वासलाई बढावा दिनेलाई खोज्दै प्रहरी « Khabarhub

कोरोना भाइरसबाट जोगिने नाममा अन्धविश्वासलाई बढावा दिनेलाई खोज्दै प्रहरी


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीसँगै सामाजिक सञ्जालमार्फत अन्धविश्वासलाई प्रश्रय हुने गरी अपवाह फैलाउनेप्रति प्रहरीले निगरानी बढाउन थालेको छ ।

कोरोना भाइरसका नाममा सार्वजनिक भएका कतिपय दृश्य र तस्वीरपछि अन्धविश्वास र विश्वासका नाममा सामाजिक सञ्चालका प्रयोगकर्ता नै विभाजित भइरहँदा प्रहरीले अपवाह फैलाउने जोकोही भए पनि पक्राउ गर्ने चेतावनी दिएको छ ।

महामारीको त्रास फैलिरहेका नेपालीहरूले आँगन खनेर निस्किने कालो माटोको टीका लगाउने, बत्ती बाल्ने तथा शङ्ख-घण्ट बजाउने जस्ता गतिविधिहरू गरेका दृश्य सामाजिक सञ्जालमा भाइरल हुन थालेका छन् ।

यस्ता दृश्यपछि सामाजिक सञ्जालका प्रयोगकर्ता प्रतिक्रियात्मक  भइरहेका छन्।

कतिपयले त्यसो गर्दा लाभ हुने भएको र अप्ठ्यारोमा पर्दा अन्धविश्वास भन्न नहुने भन्दै प्रतिरक्षा गरिरहेका छन् ।

कतिपय स्थानमा कोरोनाभाइरस नेपालमा भित्रिन नदिन भन्दै यज्ञ र पूजाआजा गरिएका भिडिओ सार्वजनिक भएका थिए भने कास्कीमा एक इसाई धर्मगुरुले कोरोनाभाइरस भगाउन भन्दै चिच्याएर गरेको प्रार्थना सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

यसले भ्रम फैलिएको भन्दै कास्की प्रशासनले उनलाई कारबाही समेत गरिसकेको छ ।

पश्चिम नेपालका बझाङ, बाजुरा, अछाम, डोटी, धनगढी लगायतका जिल्लाका मानिसहरूले घरको मूल ढोकाको ठीक अगाडि आँगन खनेर त्यहाँबाट निस्केको कालो माटोको टीका लगाए ठीक हुन्छ भन्दै आगन नै खनेका दृश्यहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

सञ्जालमार्फत् नै मानिसहरूलाई आह्वान गरेका आधारमा गएको आइतवार साँझ अधिकांश नेपालीहरूले घर/घरमा दीपावली र शङ्खध्वनि समेत गरेका छन्।

उक्त गतिविधिले महामारीको डरमा बसेका आममानिसमा भ्रम सृजना भएको ठानेको प्रहरीले त्यस्ता क्रियाकलाप नगर्ने अपिल गरेको छ ।

भ्रम फैलाउने कतिपयलाई यसअघि पनि पक्राउ गरिसकिएको जानकारी दिदै महानगरीय प्रहरी कार्यलयका डीआइजी विश्वराज पोखरेलले भने, ‘चाहे धर्मको कुरालाई लिएर होस्, चाहे कुनै महामारिको कुरालाई लिएर होस् या अन्य कुनै, यो या त्यो कुनैपनि बहानामा अफवाह फैलाउन कसैले पनि पाउँदैन ।कसैले अफवाह फैलाएर भ्रम छर्ने काम गर्छ त्यो कानूनको भागिदार बन्नुपर्छ ।’

अन्धविश्वास झल्कने गतिविधि गरेर भ्रम सृजना गर्नेहरु पनि प्रहरीको निगरानीमै रहेकाले अहिलेको वैज्ञानिक समयमा नचाइदो कुराको पछि नलाग्न पनि प्रहरीले अपिल गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १० : ४१ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल