शाहरुख र सलमानलाई लिएर फिल्म बनाउन चाहन्थे हिरानी, शाहरुखले मानेनन् « Khabarhub

शाहरुख र सलमानलाई लिएर फिल्म बनाउन चाहन्थे हिरानी, शाहरुखले मानेनन्


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ‘जिरो’ को असफलतापछि शाहरुख खानलाई यस्तो झड्का लाग्यो कि, उलने पछिल्लो डेढ वर्षदेखि कुनै फिल्म साइन गरेका छैनन् । बलिउडमा शाहरुखले नयाँ फिल्म साइन गरेको चर्चा भने चलिरहन्छ । तर, ती सबै अफवाह साबित हुँदै आएका छन् ।

यतिबेला बलिउडमा अर्को चर्चा चलेको छ, शाहरुखले यदि कुनै फिल्ममा अभिनय गर्नेछन् भने त्यो राजकुमार हिरानीको हुनेछ । राजकुमार हिरानी यस्ता निर्देशक हुन्, जसका फिल्म बलिउडमा खुबै रुचाइन्छन् । उनका फिल्म असफल छैनन् ।

शाहरुख पनि अब सफलताको स्वाद चखाउने फिल्ममा काम गर्न चाहन्छन् । यतिबेला हिरानी एक फिल्मको स्किृप्टमा लागेका छन् । उनी लगातार स्किृप्ट लेखिरहेका छन् ।

राजकुमार हिरानीले पहिले स्किृप्ट लेखेका थिए, जो दुई हिरोका लागि बनाइएको थियो । हिरानीले उक्त फिल्ममा शाहरुख खान र सलमान खानलाई खेलाउन चाहन्थे ।

सलमान खानको फिल्ममा कुनै आपत्ति थिएन तर शाहरुख खानले फिल्म रिजेक्ट गरे । किनकि, शाहरुख चाहन्छन् कि, अब कुनै फिल्म आउँछ भने त्यसको सफलताका श्रेय आफूलाई मिलोस् ।

शाहरुखले इन्कार गरेपछि हिरानीले दोस्रो स्किृप्ट लेख्न शुरु गरेका छन् । उक्त फिल्ममा पनि शाहरुख खान नै हुनेछन् । फिल्मको स्किृप्ट लक भएपछि हिरानी र शाहरुखले यो फिल्मको औपचारिक घोषणा गर्नेछन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ०४ बजे

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित