कोरोना महामारीमा एनसीएचएलको सहयोग « Khabarhub

कोरोना महामारीमा एनसीएचएलको सहयोग


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले कोरोनाको महामारीमा सहयोग गरेको छ । एनसीएचएलले नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई २ करोड ९१ लाख २० हजार भन्दा बढि सहयोग गरेको छ ।

एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्कमिनाहा गरेर, आफ्नो प्ल्याटफर्म मार्फत क्राउडफन्डिङ्ग गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पुर्‍याएको छ ।

कोभिड-१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रस्रयदिने उद्देश्यका साथ एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connect IPS, NPI र connect RTGS सेवाहरु प्रवाह गर्दै आएको मालकडाउन शुरु भएदेखि नै यी सम्पूर्ण भुक्तानीे सेवाहरुमा लाग्ने कारोबार शुल्कहरु मिनाहा गर्दै आईरहेको छ।

यसरी कारोबार शुल्कमिनाहाबाट एनसीएचएलले २ करोड ३४ लाख ०९ हजार २४३ रुपैँयाभन्दा बढिको प्रत्यक्ष योगदान गरेको छ ।

connectIPS प्रणालीमा DonateFor Cause का रुपमा समावेश गरी सोबाटहालसम्म “नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोष”का लागि  ४० लाख १९ हजार ४४८ रुपैँया संकलन गर्न सहयोग गरेको छ । यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कारोना उपचार कोषमा १७ लाख सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रिय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १-१लाख सहयोग प्रदान गरेको छ ।

सर्वसाधारण र व्यवसायहरु वर्तमान महमारीको स्थितिबाट निकै प्रभावित छन् र यस्तो अवस्थामा कारोबार शुल्क मात्र आमदानीको मुख्य श्रोत भएता पनि एनसीएचएलले लकडाउन भएदेखि नै डिजिटल भुक्तानीका लागि अनुकूल वातावरण प्रदानगर्दै बैंकिङ्ख क्षेत्र र सर्वसाधारणलाई थप सहयोग गर्न यसरी कारोबार शुल्क मिनाहा गर्र्ने निर्णय लिएको हो र एनसीएचएल महामारी विरुद्धको लडाईमा सम्भव भएजति सबै तरिकाले थप सहयोग पुर्याउन प्रतिबद्ध रहेको छ ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरुलागू र संचालनगर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र स्मार्ट च्वाइर्स टेक्नोलोजी लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १२ : १० बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको