‘प्रेम गीत ३’ निर्माताले गरे मल्टिस्टारर फिल्म निर्माणको घोषणा | Khabarhub Khabarhub

‘प्रेम गीत ३’ निर्माताले गरे मल्टिस्टारर फिल्म निर्माणको घोषणा


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडी विधामा फिल्म ‘हुतुतु’ बन्ने भएको छ । निर्माता सन्तोष सेनले लगानी गर्ने यो फिल्ममा लोकप्रिय कलाकारहरुको अभिनय रहने तय भएको छ ।

सन्तोष सेनले दिएको जानकारी अनुसार फिल्ममा वरिष्ठ कलाकार हरिवंश आचार्यदेखि प्रदीप खड्कासम्मको अभिनय रहनेछ । उनका अनुसार फिल्ममा हरिवंश र प्रदीपसँगै पल शाह, राजाराम पौडेल, गौरव पहारी, माओत्से गुरुङ, नाजिर हुसेन, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहनेछ ।

ठूलो लगानीमा निर्माण हुने बताइएको यो फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । साथै फिल्ममा महिला कलाकार को रहने भन्ने अझै तय भइसकेको छैन ।

निर्माताका अनुसार फिल्मको छायांकन केही समयपछि थालिनेछ ।

यो फिल्ममा प्रदीप खड्का र पल शाहलाई एकसाथ देख्न पाइनेछ । पल, प्रदीप र हरिवंश एउटै फिल्ममा भएका कारण पनि फिल्मलाई दर्शकले चासोका साथ लिएका छन् ।

निर्माता सेनले निर्माण गरेको फिल्म ‘प्रेम गीत ३’ भने कोरोना भाइरस महामारीका कारण रिलिज हुन सकेको छैन । उक्त फिल्म रिलिजको पर्खाइमा छ ।

फिल्म रिलिज नहुँदै निर्माता सेनले अर्को फिल्मको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : १७ बजे

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै