धितोपत्र बजार: ३७ अङ्कले बढ्यो नेप्से « Khabarhub

धितोपत्र बजार: ३७ अङ्कले बढ्यो नेप्से


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.७४ अङ्कले बढेर एक हजार ४३०.४१ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले बढेर २९८.६४ पुगेको छ ।

स्टकका अनुसार आज कुल १८९ कम्पनीका ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर रु एक अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ मा खरिदबिक्री भयो । आज कारोबार भएका कुल १२ मध्ये एक उपसमूहको शेयर मात्र ओरालो लागेको छ ।

सामूहिक लगानी कोष ०.०३ अङ्कले ओरालो लाग्दा बैंकिङ ३२.९३, व्यापार १०.१४, होटल ५८.१, विकास बैंक ५५.४१, जलविद्युत् २३.२३, वित्त ७.६७, निर्जीबन बीमा २८३.०८, उत्पादन ५४.८६, अन्य १२.६३, लघुवित्त ७१.५७ र जीवन बीमा २२३.१५ अङ्कले उकालो लागे ।

कारोबार रकमका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु सात करोड १६ लाख ३९ हजार ८८ मा खरिदबिक्री भयो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड ८१ लाख ५० हजार २८३, एनआइसी एसिया बैंकको रु पाँच करोड ३८ लाख १६ हजार ६६३, अजोड इन्स्योरेन्सको रु चार करोड ८४ लाख २२ हजार ४४५ र एनएमबी बैंकको शेयर रु तीन करोड ३९ लाख ७८ हजार ९६ मा कारोबार भई शीर्ष स्थानमा रहे ।

आज साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.८६ प्रतिशतले कमाए । यस्तै अजोड इन्स्योरेन्स कम्पनी ९.८५, घोडीघोडा लघुवित्त वित्तीय संस्था ८.७०, एभरेष्ट इन्सयोरेन्स ८.५८ र साङ्ग्रीला डेभलपमेन्ट बैंकका शेयरधनीले ८.३९ प्रतिशतले कमाए ।

दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.७० प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीय वित्तीय संस्था ४.७६, वेष्ट फाइनान्स कम्पनी ३.९२, खानीखोला हाइड्रोपावर ३.९२ र घलेम्दी हाइड्रोपावरका शेयरधनीले ३.४५ प्रतिशतले गुमाए ।

पहेँलो धातुको मूल्यमा सामान्य गिरावट

आज पहेँलो धातुको मूल्यको सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु २०० ले घटेकोे छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ४०० तोकेको छ ।

आइतबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ६०० तोकिएको थियो ।

तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० तोकिएको महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला रु १५ ले घटेर रु एक हजार ३९५ कायम भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : ४० बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता