काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिन अत्यावश्यक बाहेकका सेवा बन्द « Khabarhub

काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिन अत्यावश्यक बाहेकका सेवा बन्द


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा प्रवाहलाई १५ दिनसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको नगरपालिका फोरमको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले उपत्यकाभित्र समूदायस्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा उपत्यकाबासीलाइ उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

उपत्यका नगरपालिका फोरमले हिजो मात्रै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग रक्षा मन्त्रालयमा छलफल गरी कोरोना रोकथाम तथा नियन्त्रणका उपायबारे सुझाव दिएको थियो ।

‘राजधानी घनावस्ती युक्त क्षेत्र रहेको हुँदा कोरोना संक्रमण समुदायस्तरमा पुग्ने खतरा बढेकाले प्रस्थान विन्दूबाट अबैध रुपमा/अनाधिकृत रुपमा मानिसहरु प्रवेश गर्ने र गराउनेलाई कार्यलाई पूर्णतः नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कोभिड-१९ को संक्रमण फैलनसक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा र्‍याली, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भिडहुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन समेत बैठकले अनुरोध गरेको छ ।

उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं प्रवेशमा रोक नलगाइँदा स्थिति भयावह बन्ने अवस्था सिर्जना भएको बताउँदै अब नकामा कडाई गर्नुको अर्को विकल्प नभएको बताए ।

बैठकका निर्णय यस्ता छन्-

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : ४१ बजे

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

चितवन– चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि