भारतमा कोरोना संक्रमितको संख्यामा अर्को रेकर्ड, एकैदिन थप ९५ हजारमा संक्रमण « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा अर्को रेकर्ड, एकैदिन थप ९५ हजारमा संक्रमण


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ ।

दैनिक संक्रमित संख्या हरेक दिन बढ्दो क्रममा रहेको भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम भएको भारतमा बिहीबार अहिलेसम्मकै धेरै ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २१ हजार ५५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ५ : ४४ बजे

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन