भिन्नाभिन्नै घटनामा दुईको मृत्यु « Khabarhub

भिन्नाभिन्नै घटनामा दुईको मृत्यु


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- होटौडामा शुक्रबार साँझ भएको दुई फरक घटनामा दुई जनाको मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्ग (धरान– चतरा) अन्तर्गत हेटौँडा –१८ मा ट्रयाक्टरको ठक्करबाट अपराह्न एक जनाको  र हेटौँडा– ६ को रोहिणी हाउजिङमा करेन्ट लागेर अर्का एक जनाको मृत्यु भएको छ ।

हटियाबाट हर्नामाडीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको ३९२६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री हेटौँडा –१७ की २९ वर्षीया शर्मिला विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रयाकर प्रहरी नियन्त्रणमा रहेको भए पनि चालक भने फरार रहेको जनाइएको छ ।

त्यस्तै हेटौँडा –६ स्थित रोहिणी हाउजिङ एण्ड स्वस्तिक कोलोनीमा सोलार प्यानल जडान गर्नेक्रममा करेन्ट लागेर घाइते भएका  नवलपरासी, कावासोतीका ३० वर्षीय ऋषिराम पोखरेलको ज्यान गएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : १० बजे

अण्डाको मूल्य घट्यो

चितवन– क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक

पाँचदिने ‘भिडियो आर्ट इन्स्टलेसन’ कार्यशाला सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजदेखि ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सुरु

कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस

काठमाडौं- जलन उपचारका लागि मुलुकको अग्रणी कीर्तिपुर अस्पतालमा बिरामीका लागि

टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु

सद्भाव र सहअस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक