कोरोना भाइरस वुहानबाट सुरू नभएको चीनको दाबी « Khabarhub

कोरोना भाइरस वुहानबाट सुरू नभएको चीनको दाबी


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले कोरोना भाइरस वुहानबाट सुरु नभएको दाबी गरेको छ ।

वुहानको मासु बजारबाट कोरोना महामारी सुरु भएको भन्ने रिपोर्टको खण्डन गर्दै चीनले बरू समयमै विश्व समुदायलाई यसबारे सूचना दिएर सचेत गराएको बताएको छ ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा भनेकी छन्, ‘पछिल्ला वर्ष यो भाइरस संसारका धेरै भागमा फैलिइसकेको थियो, तर चीन नै त्यस्तो देश हो, जसले यसबारे विश्वलाई पहिलोपटक जानकारी दियो र तत्काल उपयुक्त कदम चाल्यो।’

कोरोना नयाँ प्रकारको भाइरस हो र यो भाइरसबारे अझै विभिन्न तथ्य आउने क्रम जारी रहेकाले वुहान नै भाइरस उत्पतिको केन्द्र भन्ने आधार नभएको उनले प्रष्ट्याएकी छन् ।

 

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ९ : ०१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी